सरकारी वकिलको कार्यालयमा बयान दिँदा दिँदै स्वास्थ्य बिग्रिएपछि महरालाई अस्पताल लगियो

काठमाडौं, २३ असोज । सरकारी वकिल कार्यालयमा बयान दिँदा दिँदै स्वास्थ्य समस्या आएपछि निवर्तमान सभामुख कृष्णबहादुर महरालाई अस्पताल लगिएको छ । उनलाई सिंहदरवारस्थित प्रहरी हिरासतबाट आजै बयानका लागि सरकारी वकिलको कार्यालय बबरमहल लगिएको थियो ।

महरालाईको स्वास्थ्यमा अचानक समस्या आएपछि अहिले उनलाई नर्भिक अस्पताल पु¥याइएको छ । महरालाई प्रहरीले सोमवार उनकै सरकारी निवासबाट गिरफ्तार गरेर महानगरीय प्रहरी वृत सिंहदरवारको हिरासतमा राखिएको थियो । महरामाथि संसद सचिवालयममा कार्यरत एक महिला कर्मचारीले आफूमाथि बलात्कारको प्रयास गरेको आरोप लगाएकी थिइन । त्यसपछि उनी विरुद्ध महानगरीय प्रहरी वृत नयाँ बानेश्वरमा किटानी जाहेरी परेको थियो । जाहेरी दिएपछि प्रहरीले काठमाडौं जिल्ला अदालतबाट पक्राउ गर्न अनुमति लिएर पक्राउ गरेको थियो ।

महरा पहिलेदेखि नै विरामी रहेका थिए । त्यसैले उनको उपचारका लागि एक जना चिकित्सक नै खटाइएको थियो । साथै अक्सिजनको पनि व्यवस्था गरिएको थियो । उच्च रक्तचापका विरामी महराको स्वासप्रश्वासमा पनि समस्या आएको प्रहरी स्रोतले जनाएको छ ।

आजै जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंमा महरालाई बयानसमेत लिइएको थियो । सरकारी वकिल कार्यालयबाटै उनलाई अस्पताल लगिएको प्रहरीले जनाएको छ ।

Loading...