जर्मनीको हेलमा गोली चल्यो, दुई जनाको मृत्यु

बर्लिन । जर्मनीको हेल नगरमा बुधबार भएको गोलीकाण्डमा कम्तीमा दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीले गोली चलाउने व्यक्तिको खोजी कार्यलाई तीव्र बनाएको छ ।

प्रहरीले ट्वीट गर्दै गोली चलाउने व्यक्तिहरू कारमा चढेर फरार भएका र उनीहरूको खोजी कार्य तीव्र बनाइएको जनाएको छ । हेल नगरको रेलवे स्टेशन बन्द गरिएको छ भने मानिसहरूलाई घरबाहिर ननिस्कन प्रहरीले अनुरोध गरेको छ ।

उक्त घटनाको कुनै पनि व्यक्ति वा समूहले जिम्मेवारी लिएको छैन । बिल्ड दैनिक अखबारका अनुसार पालस जिल्लाको एक यहुदी प्रार्थनागृह अघिल्तिर उक्त गोलीकाण्ड भएको छ । यहुदीको समाधिस्थलतर्फ एउटा हातेग्रिनेड पनि फालिएको अखबारले स्थानीयको भनाइ उद्धृत गर्दै जनाएको छ ।

Loading...