दशैमा सुनसान काठमाडौं, खुलेको आकाश अनि उडेका सपना (फोटो फिचर)

काठमाडौं सहर हरेकको सपनाको सहर हो । देशको राजधानी यस सहरमा नै छन लाखौ मानिसका सपना( कति साकार हुँदै गरेका त कति देखिएका मात्र । कति च चुडिएका सपना पनि । हरेक नागरिक आफ्नो सपना यही सहरमै देख्छन् । आलिसान महलदेखि सडकपेटीसम्म यहाँ अनेक तरहका सपना देखिन्छन । हर रात केही सपना देखिन्छन त केही सपना तुहाइन्छन ।

देश संघीयतामा गए पनि काठमाडौं छाड्न भने अझै मान्दैनन मानिसहरु । पछिल्लो आँकडा अनुसार यस राजधानी खाल्डोमा ५० लाख भन्दा बढी मानिस रहेका छन् । अस्थायी रुपमा केही दिनका लागि आउने र बस्ने मानिसहरु पनि लाखौ छन । देशभित्र वा देश बाहिर सानोतिनो जागिर वा व्यापार गरिरहेका धेरैजसो नागरिकले आफ्ना बालबच्चा राजधानीमै पढाउने गरेका छन् । ती मध्ये धेरैको राजधानीमा भाडामा बसोबास नै छ । हरेक दिन राजधानी काठमाडौंमा सार्वजनिक बस, हवाइजहाज र निजी सवारी साधनबाट हजारौ मानिस काठमाडौं आउने र बाहिर निस्कने गर्दछन् । हरेक वर्ष एकचोटी सबैभन्दा बढी मानिसहरु राजधानी छोड्ने गर्दछन । यसपटक पनि दसैका अवसरमा लाखौ मानिसहरुले राजधानी छोडेका छन् ।

राजधानीका सडक यतिबेला सुनसान छन् । सँगै छिमेकी देश चीनका राष्ट्रपति सी जिनपिङको भ्रमण यही २५ गते हुनेभएपछि राजधानीका केही स्थान सिंगारिएको छ । यसक्रममा कतिपय स्थानमा यति छिटो काम गरिएका छन् कि जसले गरे के हुँदैन र भन्ने पनि देखाएको छ । वर्षौदेखि पार्क बनाउने भनेर खाली गरिएको तीनकुनेको खाली जमिनमा तीन चार दिनमै आकर्षक पार्क तयार भएको छ । वर्षभरि धुलो उड्ने एअरपोर्ट तीनकुने, बानेश्वर, माइतीघर हुँदै कालिमाटी पुग्ने सडक चिल्लो भएको छ । सडकको सौन्दर्यीकरणको एक झलक यहाँ देखिएको छ । वर्षा सकिएर जाडो सुरु हुन लागेको यस मौसममा काठमाडौको आकाश पनि निकै खुलेको छ । यहाँ यस क्रममा खिचिएका केही तस्विरहरुको झलक राखेका छौ । कतिपय ठाउँमा त चिनियाँ शैलीमै सिधै रुखहरु नै राेपेर सडक छेउमा हरियाली बनाइएकाे छ । यस्ताे लाग्छ कि यसैगरी विकासका काम अगाडि बढाइएमा देश बनाउन धेरै कुर्नुपर्दैन । 

तर, विडम्वना याे छ कि चिनियाँ राष्ट्रपति सी जिन पिङकाे भ्रमणपछि अहिले सजाइएका सडकमा फेरि उस्तै धुलाे उड्न थाल्ने पक्का छ । ठूलाकाे चाकडी गर्ने र हिलाेमा पनि राताे कार्पेट हालेर ठूलालाइ स्वागत गर्ने सामन्ती संस्कार कहिले हट्ने देखिदैन । अरुका अगाडि भाडामै लिएर भए पनि काेट सुटमा छाँटबाँट देखाउने सामन्ती शैलीले देश देशबाट युवापुस्ता पूरै पलायन भएकाे छ । युवा श्रमशक्ति देशबाट पलायन भएकाे छ । देशमै केही गर्ने युवापुस्ताका सपना राजधानीमा उड्ने धुलाेसरि उडाइएकाे छ । धुलाेसँगै उडेका सपनाहरु साकार देशमा कुनै सम्भावना नरहेपछि विदेशीएका धेरैजसाे नागरिकहरु पनि यतिबेला चाड मान्न देश फर्केका छन । विदेशमा सिकेकाे सीप र देखेका सपना देशमै साकार पार्ने भरिलाे मन भए पनि उनीहरु दशै सकिएसँगै फर्कनेछन उडेर । 

 

Loading...