महराको हिरासत यात्रा-पतन र षड्यन्त्रको मार्गमा

काठमाडौं, १९ असोज । महराको सभामुख निवासबाटै हिरासतको यात्रा तय भएको छ । निवर्तमान सभामुख महरामाथि रोशनी शाहीले दिएको किटानी जाहेरी, काठमाडौँ अदालतले दिएको अनुन्धानको अनुमति, वादल र प्रचण्डगुटको स्वीकृति पछि महराको हिरासत यात्रा तय भएको हो ।

महराको हिरासत यात्रा निष्पक्ष छानविनमा आधारित हुनेछ वा महरामाथि षड्यन्त्रको नयाँ चक्रव्यूह रचना गरिनेछ । योभने अझैँ पर्दाभित्र नै रहेको छ ।

महरालाई रोशनी शाही विषकन्या नै सावित भइन् । महरालाई रोशनी शाहीले एउटा फेसवुक म्यासेजमा लेखेझँै तिमी न मायाका लायक रह्यौँ, न माफिका लागि । हो, रोशनीले नागरिक खवरमा दिएको अन्र्तवार्तामा बाबु समानको अभिव्यक्तिको अर्थ नै रहेन । वरु रोशनी शाहीकै किटानीको आधारमा प्रहरीले अनुसन्धानका खातिर भर्खरै पक्रिएको छ ।

प्रहरीले बलात्कारजस्तो जघन्य अपराधमा गम्भीर अनुसन्धान गर्नु नै पर्नेछ । त्यो पनि भीभीआइपी वलात्कार प्रकरण भएकोले महरालाई मोहरा बनाएर नेपाली कम्युनिष्ट आन्दोलनमा निकै नकरात्मक सन्देश प्रवाहित गर्ने कोशिस गरिएको छ ।
महरा नेपाली जनयुद्धका एउटा आदर्शवान हिरो थिए, जसलाई रोशनी शाही प्रकरणले पूर्ण रुपमा पतीत बनाएको मात्र छैन, आन्दोलनको बिम्ब नै धुमिल भएको छ ।

महराले संसदमा सभामुखका हैसियतले खेलेको भूमिकामाथि प्रतिपक्ष कांग्रेसले प्रश्न उठाइरहेको थियो । महराले रोशनी प्रकरणपछि यार्सान्यूजसँगको भेटमा संसदमा केही त्यस्ता विधेयकहरु छन्, जसलाई मैले राष्ट्रको हितमा रोकेको छु । यी विधेयक पारित गर्नका लागि मलाई पन्छाउनका लागि रोशनी प्रकरण रचिएको बताएका थिए ।

संसदमा बैदेशिक षड्यन्त्र सफलीभूत पार्नका लागि महरा प्रकरण रचिनुमा महराको सांस्कृतिक कमजोरी नै प्रथामिक कारण बनेको छ । महराजस्तो विवाहित पुरुषको परस्त्रीगमनको चरलाई समातेर योजनावद्ध ढंगले महरालाई फसाइएको हुन सक्ने सम्भावना यस कारणले पनि देखिन्छ कि अघिल्लो दिन बलात्कार आरोप लगाएकी रोशनीले पछिल्लो दिन बाबु समान भनेकी थिइनभने केही दिन मुद्दा दर्ता गर्न नमानेकी रोशनी कसको उस्काहटमा किटानी जाहेरी दिन राजी भइन् रु यो एउटा साधारण मानिसले पनि गर्न सक्ने प्रश्न हो ।

महराले गल्तीको सजाय पाउनु पर्दछ । बलात्कार वा बलात्कारको प्रयास जे सुकै भएपनि प्रमाणित भएमा जेल जानु नै पर्नेछ । तथापी महरा प्रकरणले के पुष्टि हुन्छ भने शक्तिकेन्द्रहरुको इच्छाशक्ति भयोभने नेपालका सवै संयन्त्र रातारात क्रियाशील हुँदारहेछन् ।

निर्मला बलात्कार तथा हत्याकान्ड अहिलेसम्म पत्ता लगाउन नसक्ने सरकारले महरालाई एक छिन पनि सोच्ने फूर्सद पनि नदिई रातो गाडीमा राखेर कब्जामा लिएको छ ।

महरालाई कब्जामा लिएर अनुसन्धान हुनेछ वा षड्यन्त्र हुनेछ । त्यो त समयले नै पर्दाफास गर्नेछ ।

महराको गिरफ्तारीमा प्रचण्ड र वादलको सामान्य संवेदनशीलता पनि राखेको देखिदैन । महरालाई दुई दिन पछि दशै सकिए पछि पनि गिरफ्तार गर्न सकिन्थ्यो । दशैको अवधिमा युद्ध विराम नै गर्ने प्रचण्ड, वादललाई महरा गिरफ्तार गर्न निकै नै हतार भयो । प्रचण्ड र वादलमा आफ्ना सहयोद्धाहरुलाई गिरफ्तार गरेर जेल कोच्न पाउँदा आनन्दित हुने प्रवृत्ति देखिन्छ ।

चन्द्रशम्शेरको तवेला नख्खु जेलमा हेमन्त प्रकाश वली, माइला लामा, नेपालगञ्ज जेलमा भरत बम रणवीरसँगै देशैभरि विप्लव माओवादीका नाममा सयौँ योद्धालाई जेल कोचेको त दुनियाँलाई थाहा नै छ ।

महराको व्यक्तिगत राजनीति वा जीवन के हुन्छ रु त्यो त्यति महत्वपूर्ण होइन, वरु यो घटनाले दिएको सन्देश निकै नै महत्वपूर्ण छ ।

पहिलोः तपाईँ जतिसुकै शक्तिशाली भएपनि यदि अपराध गर्नुभएको छ भने कानुनको दायरामा आउनुहुन्छ । त्यसैले तपाईले पद, शक्ति र पैसाको वलमा भ्रष्टाचार, वलात्कारजस्ता जघन्य अपराध गर्न छुट छैन ।

दोस्रोः कुनै एक समयको क्रान्तिकारी योद्धा सदावहार क्रान्तिकारी हुँदैन । विचार, सिद्धान्त र दर्शनको परित्यागसँगै उसले आचारण, नैतिकता र जीवनपद्धति पनि फेर्दछ । जव पुरानो आदर्श नयाँ परिस्थितिमा खोज्नुहुन्छ, तव तपाई नै गलत ठहरिनु हुनेछ । महरा स्वयम्ले जनयुद्धको बिम्बलाई भत्काएका छन् ।

तेस्रोः एउटा योद्धा एकपल पनि नदिइकान जसरी ट्रेन्चमा अलर्ट हुन्छ, त्यसरी यदि सचेत र सजग नभएमा दुश्मनले कुनै पनि मै हुँभन्ने पहाडलाई ढलाई दिनसक्छ ।

चौथोः महरा हुन् वा रोशनी । एउटा पारिवारिक र हार्दिक सम्वन्ध कसरी दुश्मनीमा परिणत भयो र त्यसले महराको उचाईलाई रसातलमा पुर्यायो । तपाई जति जति उचाईमा पुग्नु हुन्छ, त्यति चाँडै रसातलमा खस्ने र चुरचुर हुने सम्भावना हुन्छ ।

पाँचौः तपाई पतनको बाटोमा लाग्नुभयोभने तपाईलाई तपाईका कुनै पनि मानिसले बचाउन सक्दैनन् । महरालाई सोच्न, दशै मनाउन र अनुसन्धानमा सहयोग गर्नका लागि सभामुख कक्षमा नै नजरबन्द राखेर पनि गर्न सकिदो हो दशैँसम्मका लागि । यसरी हेर्दा न प्रचण्डले महरालाई २४ घन्टा दिन सके, न त बादलले नै महरालाई दुई दिन दिन सकेँ । पतनको मार्गमा हिंडेपछि तपाईले दिलोज्यान दिएका परिवार, पार्टी र सहयोद्धा कसैले पनि बचाउन सक्दारहेनछन् ।

महराले रोशनी शाहीलाई गरेको फर्गेट एस्र्टडे म्यासेज कुनै काम लागेन । बरु रोशनीले आवेगमा भनेको तेरो सकिने दिन आयो । अव म रयुमर फैलाउँछु भन्ने म्यासेज नै हावी भयो ।

महराको हिरासत यात्रा अनुसन्धानबाट जेलतिर मोडिन्छ कि न्यायको अर्को मार्गतिर रु त्यो भने हेर्न बाँकी नै छ ।

Loading...