महरालाई पक्राउ गर्न सभामुख निवास पुग्यो प्रहरी

काठमाडौं, १९ असोज । निवर्तमान सभामुख कृष्णबहादुर महरा हालसम्म बस्दै अाएकाे बालुवाटार स्थित सरकारी निवासमा प्रहरी पुगेको छ । अदालतले पक्राउ गरेर अनुसन्धान गर्न अनुमति दिएपछि प्रहरीले उनलाई पक्राउ गर्न लागेको हो ।

यसअघि महरालाई पक्राउ गर्न अदालतले अनुमति दिएको थियाे । जिल्ला अदालत काठमाडौंका न्यायाधीश ब्रजेश प्याकुरेलको इजलासले महरालाई पक्राउ गरी अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो ।

शुक्रबार नयाँ बानेश्वर प्रहरी कार्यालयमा महरा विरुद्ध बलात्कार प्रयासमा मुद्दा परेपछि सोही जाहेरीका आधारमा पक्राउ गर्न प्रहरीले जिल्ला अदालत काठमाडौसँग अनुमति मागेको थियो ।

महराविरुद्ध संसद सचिवालयकी कर्मचारी रोशनी शाहीले आफूमाथि बलात्कार प्रयास गरेको भन्दै शुक्रबार मुद्दा दर्ता गरेकी थिइन् । महरालाइ पक्राउ गर्न प्रहरी बालुवाटारस्थित सभामुख निवासमै पुगेकाे हाे । तर, महरा त्यहाँ नभएकाे उनी निकट स्राेतले जनाएकाे छ । 

Loading...