आज असोज १९ गते आइतबार हेर्नुहोस तपाईंको राशीफल

वि.सं. २०७६ असोज १९ गते आइतबार। इ.स. २०१९ अक्टोबर ६। नेपाल संवत ११३९ कौलाथ्व। आश्विन शुक्लपक्ष। अष्टमी, १४:२२ उप्रान्त नवमी।
उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य)

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

श्रम परे पनि लगनशीलताले उपलब्धि दिलाउनेछ। भविष्यका लागि सम्भावना खोजी गर्ने समय छ। अध्यात्मभाव जागृत हुनाले परोपकारी काममा प्रवृत्त भइनेछ। आलस्य गर्ने बानीले काम भने अधुरो रहनेछ। बुद्धिविवेकले काम लिन नसक्दा व्यवहारमा पछि परिनेछ। आजको मिहिनेतले भविष्यमा नाम, दाम र प्रतिष्ठा दिलाउनेछ। रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नुपर्ला।

बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

तत्काल लाभ नभए पनि पछिका लागि काम गर्ने समय छ। उपलब्धिका लागि केही समय प्रतीक्षा गर्नुपर्ला। कामको चाप बढ्नेछ भने शरीरमा कमजोरी अनुभूति हुनेछ। स्वास्थ्य र अर्थका हिसाबले पनि दिन कमजोर रहनेछ। परिस्थितिले अप्ठ्यारा चुनौतीहरूसँग सम्झौता गराउन सक्छ। अवसरका लागि दौडधुप गर्नुपर्ला। विवादास्पद जिम्मेवारी आइलाग्न सक्छ।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

कामको अवसर प्राप्त भए पनि भेटघाट र शिष्टाचारले अलमल्याउन सक्छ। सम्बन्ध सुमधुर बनाइराख्न व्यवहारमा सजग रहनुपर्ला। प्रयत्न गर्दा व्यापार बढ्नुका साथै व्यवसायमा लाभ हुनेछ। परिस्थिति अनुकूल रहे पनि भौतिक सुविधाले खर्च निम्त्याउन सक्छ। शुभचिन्तकहरूलाई साथमा लिएर काममा जुट्नुहोला, पेसातर्फ महत्त्वाकांक्षी योजना थालनी हुने समय छ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

अवसरका लागि केही विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ला। समयमा लगनशील बन्न नसक्ता प्रतिस्पर्धीहरूले फाइदा उठाउन सक्छन्। तापनि, विवाद तथा मुद्दाहरूमा आफ्नो पक्ष बलियो रहनेछ। परिश्रम परे पनि लक्ष्य प्राप्त हुनेछ। शत्रु परास्त हुनेछन् भने रोगबाट उन्मुक्ति मिल्नेछ। ईर्ष्या गर्नेहरूबाट सजग रहनुहोला। अप्ठ्यारो स्थितिमा केही काम सम्पादन हुनेछ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

परिस्थिति सोचेजस्तो नहुनाले लक्ष्य प्राप्तिमा विलम्ब हुनेछ। अवसर प्राप्त भए पनि मेसो नमिल्नाले पनि काममा ढिलासुस्ती हुन सक्छ। पढाइलेखाइमा सोचेजस्तो प्रगति गर्न नसकिए पनि गुरुजनको सुझाव र सहयोग लाभदायी बन्नेछ। व्यापारमा फाइदाको स्रोत पहिल्याउन सकिनेछ। बुद्धिको उपयोगले विद्या तथा धन आर्जन हुनेछ भने मिहिनेतले कार्य सम्पादन हुनेछ।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

निर्णायक मोडमा दुविधा उत्पन्न हुने समय रहेकाले हतारमा निर्णय नलिनुहोला। काममा धेरै लाभ उठाउन नसकिए पनि समस्या सुल्झनेछन्। पहिलेका कमजोरी सुधार गर्ने अवसर प्राप्त हुनेछ। भूमि तथा पशुधनबाट लाभ मिल्नेछ। तत्कालको फाइदा हेर्दा परिस्थिति बिग्रन सक्छ। शुभचिन्तकहरूले साथ दिनेछन् तर साइनो गाँस्नेहरूले समस्या निम्त्याउन सक्छन्।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

निर्णय लिएर पनि काम नगर्ने बानीले पछि परिनेछ। परिस्थितिअनुसार चल्न नसक्ता दु:ख पाइनेछ। सानातिना काममा अलमलिनाले मुख्य काममा बाधा पुग्न सक्छ। अरूको फाइदाका लागि उपयोग भइएला। तर आलस्य त्यागेर मिहिनेत गर्दा फाइदा उठाउन सकिनेछ। पहिलेको उपलब्धिले पनि उत्साह जगाउनेछ। तर सहयोगीको भरपर्दा काम बिग्रन सक्छ।

बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

अध्ययनमा समय दिन नसकिए पनि ज्ञानलाई निखार्ने अवसर प्राप्त हुनेछ। शुभचिन्तकहरूको सहयोग जुट्नेछ भने मौका पर्खंदा अप्ठ्यारो स्थितिमा सुधार आउनेछ। बिस्तारै काम बन्नेछ। अर्थ उपार्जनका केही स्रोत पनि फेला पर्नेछन्। समाजमा आफ्नो प्रभाव बढ्न सक्छ। चिताएको काम तत्काल सम्पादन नभए पनि पछिका लागि सकारात्मक संकेत प्राप्त हुनेछ।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

सुन्दर पहिरनले व्यक्तित्व निखार्ने अवसर प्राप्त हुनेछ। पहिलेका कमजोरी सुधार्दै जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ। मिहिनेतले नाम, दाम र इनाम दिलाउनेछ। बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ। परिस्थितिवश कुनै काममा बढी अलमल हुनेछ। आफ्ना कमजोरी बाहिरिने समय भएकाले गोपनीयतामा ध्यान पुर्याउनुहोला। व्यापारमा राम्रो फाइदा हुनेछ।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

समयमा होस नपुग्नाले आफ्नाबाटै टाढिनुपर्ने स्थिति आउन सक्छ। अवसरका लागि केही दौडधुप गर्नुपर्ला। व्यवसायमा लगानी बढाउनुपर्ने हुन सक्छ। आकस्मिक खर्च बढे पनि यात्राको प्रक्रिया अघि बढाउन सकिनेछ। फाइदा नगण्य उठे पनि स्वाभिमानको रक्षा गर्न सफल भइनेछ। दिगो आम्दानी हुने काम फेला पार्न सकिनेछ। आस मारेको कामले उत्साह जगाउनेछ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

आयस्रोत बढ्नेछ तर पछिका लागि केही वस्तु त्याग्नुपर्ला। अवसर मिले पनि तत्काल फाइदा लिँदा भविष्यमा नोक्सान हुने देखिन्छ। मिहिनेतको प्रतिफल अरूले हत्याउने चेष्टा गर्नेछन्, सजग रहनुहोला। सद्विचारले अभिप्रेरित हुनेहरूलाई बिस्तारै लाभ हुनेछ। प्रयत्न गर्दा पछि फाइदा हुने काम प्रारम्भ हुनेछ। शुभचिन्तकहरूको सुझावलाई बेवास्ता गर्दा दुःख पाइनेछ।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

अवसर आए पनि हडबडीले काममा बाधा पुर्याउन सक्छ। विवादास्पद काममा जुट्नुपर्दा प्रतिफल प्रभावित हुनेछ। आश्वासन बाँड्नेहरूले झुक्याए पनि सहयोगीहरूले साथ दिनेछन्। मिहिनेत गर्दा जीवनशैलीमा परिवर्तन आउनेछ। प्रतीक्षित नतिजा उत्साहजनक नहुन सक्छ। दैनिकी अलि व्यस्त रहनेछ तर गरी आएको कामलाई भने निरन्तरता दिन सकिनेछ। (नेपाली पात्रो)

Loading...