दुई लाख ६५ हजारसहित जुवा खेल्दै गरेका ११ पक्राउ

काठमडौँ, १७ असोज । ललितपुर महानगरपालिका–४ झम्सीखेलस्थित पाहुना ब्रेड एण्ड ब्रेकफास्ट रेष्टुरेन्टमा जुवातास खेलिरहेको अवस्थामा ११ जना पक्राउ परेका छन् ।

विशेष सूचनाका आधारमा गएराति पुगेको प्रहरी टोलीले उनीहरुलाई खालबाटै पक्राउ गरी दुई लाख ६५ हजार नगद बरामद गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । घटनाका विषयमा प्रहरीले अनुसन्धान गरिरहेको महानगरीय प्रहरी परिसर ललितपुरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक टेकप्रसाद राईले जानकारी दिए ।

यता काठमाडौँ महानगरपालिका–२२ बस्ने राधे साहुको कोठामा गएराति आगलागी हुँदा कोठामा रहेको नगद चार लाख र लत्ताकपडा जलेर नष्ट भएको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता होविन्द्र बोगटीले जानकारी दिए । आगलागीबाट भएको क्षतिको पूर्ण विवरण खुल्न नसकेको र अनुसन्धान भइरहको प्रहरीले जनाएको छ ।

Loading...