नवदुर्गाका प्रिय रंग जसको प्रयोगले मात्र पनि उनी हुन्छिन् प्रसन्न

 नवदुर्गा भवानीकाे  विशेष पूजा अर्चना गरिने नवरात्रीमा देवीको नौ स्वरुपको पूजा अर्चना गर्ने धार्मिक प्रचलन रही आएको छ । देवीको स्वरुप अनुरुपका रंगहरु प्रयोग गर्दा उनी प्रसन्न हुने पण्डितहरुको मत रहेको छ । उनका प्रिय रंगको वस्त्र धारण गर्दा देवी छिट्टै प्रसन्न हुने हुदा पूजाको समयमा आफ्नो कपडालाइ पनि विशेष ध्यान दिन पण्डितहरु सुझाव दिने गर्दछन ।  देवीका प्रिय रंगका बस्त्र धारण गर्दा उनी प्रसन्न हुने र पूजाको फल प्राप्त हुने धार्मिक बिस्वास रहेको पाइन्छ ।

नवरात्रीको पहिलो दिन देवीको स्वरुप शैल पुत्रीको पूजा गरिन्छ । पर्वतराज हिमालयको पुत्रीको रुपमा शैल पुत्रीलाई पुजिन्छ । पहेलो रंग यिनको प्रिय भएकोले पण्डितहरु यो दिन पहेलो बस्त्र धारण गर्न सुझाब दिने गर्दछन ।

नवरात्रीको दोश्रो दिन देवीको ब्रम्हाचारिणी स्वरुपको पूजाअर्चना गरिन्छ । महादेव स्वामी पाउँ भनी देवी पार्वतीले कठोर तपस्या गरेको अवस्था उनको नाम ब्रम्हाचारिणी रहन गएको हो । यो दिन पहेलो वा गेरु बस्त्र धारण गर्नु राम्रो मानिएको छ ।

नवरात्रीको तेश्रो दिन देवीको चन्द्रघण्टा स्वरुपको पूजाअर्चना गरिन्छ । यो स्वरुप देवीको ज्ञानवतीको स्वरुप हो । यो दिन सेतो बस्त्र धारण गर्नुपर्दछ ।

नवरात्रीको चौथो दिन देवीको कुस्माण्डा स्वरुपको पूजाअर्चना गरिन्छ । यो स्वरुपमा देवीले अण्डा रुपमा ब्रम्हाण्डको रचना गरेको विस्वास गरिन्छ । यो दिन सुन्तला रंगको बस्त्र धारण गर्नु उत्तम मानिन्छ ।

नवरात्रीको पाँचौ दिन देवीको स्कन्दमाता स्वरुपको पूजाअर्चना गरिन्छ । आदिशक्तिको यो स्वरूप सूर्यमंडलकी अधिष्ठात्री देवी हो । यो दिन सेतो बस्त्र धारण गर्नुपर्दछ ।

नवरात्रीको छैठौ दिन देवीको कात्यायनी स्वरुपको पूजाअर्चना गरिन्छ । महर्षि कात्यायनको कठोर तपस्याबाट प्रसन्न देवीले उनको पुत्रीको रुपमा जन्म लिएकोले उनको यो स्वरुप कात्यायनीको रुपमा पूजनीय भएको हो । यो दिन रातो बस्त्र धारण गर्दा देवी प्रसन्न हुने बिस्वास रही आएको पाइन्छ ।

नवरात्रीको सातौ दिन देवीको कालरात्री स्वरुपको पूजाअर्चना गरिन्छ । देवीको यो रूप ऋद्धि सिद्धि प्रदान गर्नेवाला हो । यो दिन निलो रंगको बस्त्र धारण गर्दा देवी प्रसन्न रहन्छिन ।

नवरात्रीको आठौँ दिन देवीको महागौरी स्वरुपको पूजाअर्चना गरिन्छ । यो स्वरुप देवीको गृहस्त्राश्रमको हो । यो दिन गुलाबी बस्त्र धारण गर्दा उनी खुशी हुन्छिन ।

नवरात्रीको नवौं दिन देवीको सिद्धिदात्री स्वरुपको पूजाअर्चना गरिन्छ । यो स्वरुप देवीले महादेव बात अष्ट सिद्धि प्राप्त गरेको हो । यो दिन पर्पल रंगको बस्त्र धारण गर्नु राम्रो मानिएको छ ।

Loading...