ललितपुरमा एनआईसी एसियाको नयाँ शाखा विस्तार

असोज १५,ललितपुर । एनआईसी एसिया बैंकले आफ्नो तीनसय चौथौं नयाँ शाखा लगनखेल स्थित प्रयागपोखरीमा संचालन गरेको छ ।

बुधबारबात संचालनमा आएको यस शाखाको अरनिको कल्चर एण्ड बिजिनेस सोसाइटीका अध्यक्ष अजरमान जोशीले उद्घाटन गर्नुभयो ।

उत्घाटन गर्दै अध्यक्ष जोशीले धेरै जसो हस्तकलामा आश्रित रहेको र ललितपुरको प्रमुख यातायात , ब्यापारिक क्षेत्रमा नया संचालनमा आएको यो शाखाले अर्थतन्त्रमा टेवा पूर्याउने बिस्वास गर्दै सर्वसाधारणमा सहजता आउने बताउनु भयो ।

बैंकका उप क्षेत्रीय प्रमुख लक्ष्मण चालिसेले देशकै ठूलो बैंकको रुपमा स्थापित यसले १८ लाख ग्राहक बनाईसकेको जानकारी दिनुभयो ।

बैंकका शाखा प्रबन्धक मोहन कार्कीले विभिन्न जिल्लामा गरि ७१ वटामा शाखा विस्तार भएको यस बैंकले मुख्यगरी सामुदाय लक्षित रहेर काम गर्दै आएको बताउनुभयो । 

 बैंकले नयाँ शाखा विस्तार गरेको अवसरमा फरक क्षमताका चित्र कलाकर्मी सुन्दर श्रेष्ठ तथा मनिष महर्जनलाइ न्युनतम रकन सहित खाता खोली चेक हस्तान्तरण गरेको छ । 

Loading...