एसईई पुरक परीक्षाको नतिजा सार्वजनिक हुँदै, परीक्षा नियन्त्रण कार्यालयमा गोप्य बैठक जारी

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयले माध्यमिक शिक्षा परीक्षा कक्षा १० को ग्रेडवृद्धि (पूरक) परीक्षाको नतिजा आज सार्वजनिक गर्ने भएको छ । भदौ १ गतेदेखि भएको पुरक परीक्षाको नतिजा प्रकाशन गर्न अहिले सानोठिमीस्थित परीक्षा नियन्त्रण कार्यालयमा बैठक बसिरहेको छ । केहीबेरमा ननस्टप खबरमा एसईई पुरक परीक्षाको नतिजा हेर्न सकिनेछ ।

२०७५ चैतमा सञ्चालित कक्षा १० परीक्षामा नियमित समूहतर्फ सहभागी भई सी वा त्योभन्दा कम ग्रेड पाएका विद्यार्थीले आफूले चाहेको दुई विषयसम्म परीक्षा दिन पाउने व्यवस्था भए वमोजिम ग्रेडबृद्धिको परीक्षा दिएका हुन । बढीमा दुई विषयको परीक्षामा अनुपस्थित तथा ग्रेड उल्लेख नभएका विद्यार्थीले पनि परीक्षा दिन पाउने व्यवस्था यसपटक गरिएको थियो ।

यस वर्षको एसइइ परीक्षामा ४ लाख ५९ हजार २७५ जना परीक्षार्थी संलग्न भएका थिए । असार पहिलाे हप्ता सार्वजनिक भएकाे भएको नतिजामा १७ हजार ५ सय ८० जनाले ३.६५ देखि ४ जिपिए नतिजा ल्याएका थिए । त्यसैगरी ५१ हजार १ सय ३७ जनाले ३.२० देखि ३.६० जीपीए ल्याएका थिए । त्यस्तै ६३ हजार ७ सय ४१ जनाले २.८५ देखि ३.२० जीपीएसम्म ल्याएका थिए । जीपीए २.४० देखि २.८० सम्म ७६ हजार ५ सय ६४ जना थिए भने २.० देखि २.४० सम्म ९८ हजार २ सय ७, १.६० देखि २.० सम्म ल्याउने ९५ हजार ३ सय ७ रहेका थिए । त्यस्तै ४३ हजार ८ सय ४१ जनाले १.२० देखि १.६० सम्म जीपीए ल्याए थिए भने ०.८० देखि १.२० जीपीए ल्याउनेको संख्या ४ हजार ४ सय २९ रहेको थियाे ।

यहाँ गत असारमा सार्वजनिक भएकाे नतिजा हेर्न सकिन्छ । यही लिंकमै केही समयपछि एसइइकाे पुरक परीक्षाकाे नतिजा पनि हेर्न सकिनेछ । प्रतिक्षा गर्नुहाेला । नतिजा हेर्नका लागि यहाँ क्लिक गर्नुहाेस् ।

Loading...