लण्डनको भूमिगत रेलमा विष्फाेट । २२ जना घाइते

लण्डन, ३० भदौ । लण्डनको भूमिगत एक रेलमा विस्पोट हुँदा कम्तीमा २२ जना घाइते भएका प्रहरीले जनाएको छ ।

यात्रुले खचाखच रहेको रेलको अघिल्लो भागमा शुक्रबार बिहानै गराइएको विस्पोटपछि केही यात्रुको अनुहारमा विस्पोटका कारण जलेको र रगताम्मै अवस्थामा देखेको एक प्रत्यक्षदर्शीले बताए । प्रहरीले घटनालाई ‘आतंकवादी घटना’ भनेको छ ।

“पश्चिम लण्डनको पासन्स ग्रीन स्टेसनमा बिहान ८ः२० बजे रेलमा सुतली वम विस्पोट गराइएको छ,” प्रहरीको प्रतिआतंकवाद प्रमुख मार्क रोलेले भने ।

ट्वीटर प्रयोगकर्ता ऋग्सले रेलभित्र रहेको एउटा सेतो बाल्टिन विस्पोटका कारण पग्लिएको अवस्थाको तस्बिर आफ्नो सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्दै लेखेका छन्, “पारसन्स ग्रीन डिस्ट्रिक्ट लाइनको रेलमा विस्पोट भएको छ ।”

“आगोसहितको बल रेलभित्र फालिएपछि हामी ढोकाबाट बाहिर हामफाल्र्यौँ,” उनले बताए ।

राष्ट्रिय स्वास्थ्य सेवा विभागले घटनामा १८ जना घाइते भएको र उनीहरूलाई एम्बुलेन्समार्फत अस्पताल पु¥याइएको छ ।

रोलेका अनुसार अस्पताल पुगेका प्राय घाइतेको आगोको ज्वालाले डढेका शरीरका अङ्गको उपचार भइरहेको बताए । लण्डनको एम १५ गुप्तचर सेवाका अधिकारीलेले अनुसन्धान अघि बढाएको छ ।

बेलायतकी प्रधानमन्त्री टेरेजा मेले आफू घाइतेको पीडामा दुःख बाँड्न चाहेको भन्दै घटनापश्चात मन्त्रीपरिषद्को बैठक बोलाएका छन् ।

Loading...