कक्षा १२ पूरक परीक्षाको परीक्षाफल प्रकाशित

भक्तपुरको सानोठिमीस्थित राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को ग्रेड वृद्धि (पूरक)परीक्षाको परीक्षाफल प्रकाशन गरेको छ । शुक्रवार परीक्षाफल प्रकाशन गरिएको हो ।

भदौ २२ र २३ मा संचालित उक्त परीक्षामा ९६ हजार २ सय ३४ परीक्षार्थी सामेल भएका थिए । बोर्डले प्रकाशित परीक्षाफलमा चित्त नबुझे असोज मसान्त भित्र पुनर्योगका लागि निवेदन दिन सक्ने बताएको छ ।

नेपाल टेलिकमको १६०० मा एसएमएस गरेर अथवा १६०१ मा डायल गरी परीक्षाफल प्राप्त गर्न सकिन्छ ।
हेर्नुस् थप सूचनाgrade

 

Loading...