पर्सी आइतबार घटस्थापनाका दिन सार्वजनिक विदा दिने सरकारको निर्णय

काठमाडौं, १० असोज। सरकारले घटस्थापनाका दिन सार्वजनिक विदा दिने निर्णय गरेको छ । संघीय सरकारसहित अन्य प्रदेश सरकारहरुले यसबारेमा केही निर्णय नगरे पनि गण्डकी प्रदेश सरकारले भने दशैं सुरु हुने मानिने दिन घटस्थापनामा सार्वजनिक विदा दिने निर्णय गरेको हो ।

प्रदेश  मन्त्रिपरिषदको बिहीबार बसेको बैठकले घटस्थापनामा बिदा दिने निर्णय गरेको हो । प्रदेश सरकारका प्रवक्ता एवं भौतिक पूर्वाधार विकासमन्त्री रामशरण बस्नेतले असोज १२ गते घटस्थापनाका दिन विदा दिने निर्णय मन्त्रीपरिषदले गरेको जानकारी दिए । भोलि शनिवार भएको र पर्सी आइतबार सार्वजनिक विदा दिइएपछि दुई दिन नै कार्यालयको कामकाज नहुने भएको छ । 

गण्डकी प्रदेश सरकारले दिएको यो चौथो बिदा हो । यसअघि प्रदेश सरकारले ल्होछार, माघे संक्रान्ति र प्रदेश स्थापना दिवसका दिन फागुन ४ गते सार्वजनिक बिदा दिएको थियो ।

Loading...