सेलेना गोमेजका लागि एउटा फ्यानले दिइन मृगौला उपहार

काठमाडौं । चर्चित अमेरिकन पपस्टार सेलेना गोमेजका लागि उनकी एक साथीले आफ्नो मृगौला नै उपहार दिएकी छन् । गोमेज लुपुस नामक रोगका कारण समस्यामा परेको थाहा पाएपछि उनकी मिल्ने साथी तथा फ्यान फ्रान्सिया रेइजाले मृगौला दान गरेकी हुन् ।

रेइजाले मृगौला दिएपछि गोमेजको मृगौला प्रत्यारोपण गरिएको छ । आफूले मृगौला प्रत्यारोपण गरेको कुरा गोमेजले इन्स्टाग्रामबाट सार्वजनिक गरेकी हुन् । इन्स्टाग्राममा उनले अस्पतालको वेडमै खिचिएका फोटोहरु पोस्ट गर्दै यसबारे जानकारी गराएकी छन् । जसमा उनले पछिल्लो समय काम गर्न नसक्नुका कारणबारे पनि आफ्ना फ्यानहरुलाई जानकारी गराएकी छन् ।

इस्टाग्राममा सार्वजनिक गरिएको फोटोमा गोमेज र रेइजा दुबै अस्पतालको बेडमा एकअर्काको हात समातेर पल्टिएका छन् । उनले भनेकी छन्, ‘मैले लुपुस नामक रोगका कारण मृगौला प्रत्यारोपण गर्नुपरेको थियो । रेइजाले मलाई मृगौला दान गरेर परम उपहार दिइन् ।’

गोमेजलाई मृगौला दान गर्ने रेइजा पनि एक अभिनेत्री हुन् । रेइजाले द सेक्रेट लाइफ अफ अमेरिकन टिनेजरलगायतका सिरिजमा अभिनय गरिसकेको बताइएको छ ।

यस्ताे छ सेलेनाकाे इन्स्टाग्राम स्टाटस 

 

I’m very aware some of my fans had noticed I was laying low for part of the summer and questioning why I wasn’t promoting my new music, which I was extremely proud of. So I found out I needed to get a kidney transplant due to my Lupus and was recovering. It was what I needed to do for my overall health. I honestly look forward to sharing with you, soon my journey through these past several months as I have always wanted to do with you. Until then I want to publicly thank my family and incredible team of doctors for everything they have done for me prior to and post-surgery. And finally, there aren’t words to describe how I can possibly thank my beautiful friend Francia Raisa. She gave me the ultimate gift and sacrifice by donating her kidney to me. I am incredibly blessed. I love you so much sis. Lupus continues to be very misunderstood but progress is being made. For more information regarding Lupus please go to the Lupus Research Alliance website: www.lupusresearch.org/ -by grace through faith

A post shared by Selena Gomez (@selenagomez) on

Loading...