भर्खरै निकाल्यो शिक्षक सेवा आयोगले थप एक जिल्लाको नतिजा (पूरा नतिजा)

काठमाडौं । शिक्षक सेवा आयोगले प्राथमिक तहको विभिन्न जिल्लाको अन्तिम नतिजा प्रकाशन जारी राखेको छ ।

आयोगले यसैक्रममा अाज खुलातर्फको प्राथमिक तहको नवलपरासी जिल्लाको अन्तीम नतिजा प्रकाशन गरेको हो । आयोगले बाँकी रहेका अन्य जिल्लाको नतिजा पनि प्रकाशन गर्नेक्रम जारी राखेको छ ।

आयोगले गतवर्ष असोज १३ मा लिएको परीक्षाको गएको असार १० गतेदेखि २९ गतेसम्म नतिजा प्रकाशन गरेको थियो । आयोगले लिखित परीक्षा उत्तीर्णहरुलाई असार ३० गतेदेखि साउन १४ गतेसम्म अन्तर्वार्ता सञ्चालन गरेको थियो । साथै, छुटेकाहरुको साउन २५ गते अन्तर्वार्ता लिइएको थियो ।

यसअघि ९ हजार ९ सय ९६ पदमा भएको विज्ञापनमा १४ हजार १ सयबढीले लिखित परीक्षा उत्तीर्ण गरेका थिए ।

हेर्नुहोस् नवलपरासी जिल्लाको पूरा नतिजा

Loading...