काठमाडौंमै एक महिलाले जन्माइन चार शिशु

काठमाडौं, ९ असोज । धनगढीकी खगित्रा शाहीले एकै पटक चार शिशुलाई जन्मदिएकी छिन् ।

२७ वर्षीया शाहीले सिनामङ्गलस्थित काठमाडौं मेडिकल कलेजमा बुधबार तीन छोरा र एक छोरीलाई जन्म दिएकी हुन् । आठ महिनाको गर्भलाई शल्यक्रियामार्फत नवजात शिशुको जन्म गराएइको छ ।

शिशुको अवस्था सामान्य रहेको छ । नवजात तीन शिशुको तौल क्रमश: १.४, १.५, १.६ केजी र एकको ९५० ग्राम रहेको अस्पतालले जनाएको छ । सामान्यतया नवजात शिशु जन्मिँदा २ देखि २.५ किलो हुनुपर्ने मानिन्छ । धनगढीबाट उपचार गर्न अस्पतालमा ल्याइएको खगित्राका श्रीमान् पद्म शाहीले जानकारी दिए ।

चम्ल्याहा शिशुको जन्म विरलै हुने गर्दछ । खगित्राको सामान्य अवस्थामा गर्भ रही चम्ल्याहा बच्चा जन्मिएका हुन् ।

Loading...