सम्मेलन सफल पार्न भोलि सार्वजनिक विदा

काठमाडौँ । प्रदेश नम्बर ५ अन्तर्गत एक स्थानीय सरकारले भोलि असार ९ गतेका लागि सार्वजनिक विदा घोषणा गरेको छ । स्थानीय सरकारले एक सूचना जारी गर्दै भोलि बिहीबार असोज ९ गते सार्वजनिक विदा दिने घोषणा गरेको हो । भोलि असोज ९ गते रुपन्देही जिल्लाको तिलोत्तमा सम्मेलनलाई सभ्य र भब्य रुपमा मनाउन तथा सु-सम्पन्न गर्नको लागि उक्त बिदा दिइएको हो । तिलोत्तमा नगरपालिकाले भोली बिहीबारको दिन ‘तिलोत्तमा लगानी सम्मेलन’ हुने भएकाले सभ्य र भब्य रुपमा सम्पन्न गर्न उक्त बिदा दिइएको नगरपालिकाले जनाएको छ ।

विदै विदा हुने भएका कारण सरकारी कामकाज तथा विद्यालयहरुको पठनपाठनमा असर हुने गरेको भन्दै यसको विरोध पनि हुने गरेको छ । पछिल्लो समय कतिपयले सबैभन्दा धेरै विदा हुने देश भनेर नेपाल हो भन्दै व्यङ्ग्य पनि हान्ने गरेका छन् । पछिल्लो समय संघीय सरकारको गृहन्त्रालयले केही राष्ट्रिय पर्वहरुलाई वार्षिक विदाका रुपमा घोषणा गरेर बाँकी केही पर्वहरुलाई क्षेत्रीय तथा स्थानीय स्तरमा त्यसको महत्व र आवश्यकता हेरी विदा दिन सक्ने निर्णय गरेको थियो । सोही आधारमा तिलोत्तमा नगरपालिकाले यो विदा दिएको बताइएको छ ।

यसैबीच सरकारले सुती कपडाको सहुलियत पसल सञ्चालन गरेको छ। केन्द्रीय कारागार कारखानाद्वारा सो पसल सञ्चालनमा ल्याइएको हो। कारागारमा रहेका कैदीले बुनेका कपडाहरू पसलमा राखिएको कारागार प्रमुख रामहरि ढुङ्गेलले जानकारी दिए। उनका अनुसार १० वर्षभन्दा बढी समयसम्म कैद भएर बसेका कैदीले कपडा बुन्ने कामगर्दै आएका छन्। उनीहरूलाई काम गरेका आधारमा ज्याला दिइने गरेको छ।

उता आजै प्रधानमन्त्री केपी शर्मा ओलीले आफुले विगतमा हलो जोतेर, खेती गरेर यहाँसम्म आइपुगेको बताएका छन् । साथै आफुलाई जमीन, सिँचाइ र उत्पादनबारे राम्रोसँग थाहा भएको उनको दावी छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट अखिल नेपाल किसान महासङ्घको प्रथम केन्द्रीय कमिटीको बैठक र शपथ ग्रहण समारोहलाई बुधबार ललितपुरको धोबीघाटमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नेताहरुसँग भने – “म आफैँ हलो जोतेर, खेती गरेर आएको हुँ । मलाई जमीन, सिँचाइ र उत्पादनबारे राम्रोसँग थाहा छ । सिँचाइ र प्रविधिको उचित प्रबन्ध गर्न सकिए सानो ठाउँमा पनि धेरै उत्पादन गराएर लाभ लिन सकिन्छ ।”

आफ्नो गृह जिल्ला झापाको छिमेकी जिल्ला इलामले हरेक कान्ला र जमीनको टुक्रोलाई सदुपयोग गरेको उल्लेख गर्दै उनले मेहनत गरेमा ठूला घोगा मकै र झपक्क धानको बाला झुलाउन सकिने भएकाले सङ्गठनको कामका साथै उत्पादन क्षेत्रको पनि नेता र अगुवा बन्न आग्रह गरे । उनले कृषिमा आधुनिकीरण र व्यावसायीकरणका लागि सरकारले चलाएका पहलबारे पनि जानकारी दिए । नेपालको कूल क्षेत्रफलको २८ प्रतिशत भूमि (करीब ४१ लाख २१ हजार हेक्टर) कृषिभूमि रहेकामा सिँचाइको असुविधाका कारण हाल रु २६ लाख ४१ हजारमा मात्र खेती गरिएको छ ।

“हामीले प्रधानमन्त्री कृषि आधुनिकरणलगायत कार्यक्रममार्फत यस क्षेत्रलाई अगाडि बढाउन खोजेका छौँ । हाम्रो संयन्त्र र विज्ञलाई जमीनको एक टुक्रो पनि खाली नहुने गरी नयाँ प्रविधिका साथ जमीनलाई चक्लाबन्दी वा सामूहिक खेतीतर्फ लान खोजेका छौँ ।” उनले भने, “सहकारी वा किसान सहकार्यमार्फत एक क्षेत्रमा एक मात्रै धेरै उत्पादन गरी बजारीकरणसहित लाभ लिने र निर्यात गर्ने स्थितिमा पुग्नुपर्छ । कृषि क्षेत्रलाई सरकारले दिने अनुदान र राहतमा निरन्तरता हुनेछ ।”

प्रधानमन्त्री ओलीले लामो समयको बलिदान र सङ्घर्षपछि सङ्घीय लोकतान्त्रिक गणतन्त्रसहितको संविधान जारीसँगै स्थिर सरकार सुशासन र विकासको बाटोमा लागेको र नेकपाको एकता प्रक्रियामा पूर्णतामा केही ढिलाइ भए पनि अब टुङ्गिएकाले पार्टीले गति लिने बताए । प्रधानमन्त्री ओलीले कम्युनिष्टहरु झगडा गर्न र फुट्न मात्रै जान्दछन् भन्ने आरोप लागेका बेला आफूहरुले एकता गरी सामान्यतया बहुमत आउन गाह्रो हुने वर्तमान निर्वाचन प्रणालीमा पनि केन्द्रमा ६४ प्रतिशत मतसहित सरकार बनाएको उल्लेख गरे ।

Loading...