राहत, उमावि शिक्षक, विद्यालय कर्मचारी, द्वन्द्वपीडित शिक्षकका माग तत्काल सुनुवाई नगरे कडा आन्दोलनमा उत्रने शिक्षक महासंघको चेतावनी

२२ बुँदे प्रस्ताव जारी गर्दै महासंघको प्रथम राष्ट्रिय परिषद सम्पन्न, यस्ता छन परिषदले जारी गरेका माग र प्रस्तावहरु

काठमाडौं । जावलाखेल घोषणा पत्र जारी गर्दे नेपाल शिक्षक महासंघको प्रथम राष्ट्रिय परिषद सम्पन्न भएको छ । शनिवार र आइतवार ललितपुरको जावलाखेलमा भएको राष्ट्रिय परिषदको उद्घाटन उपराष्ट्रपति नन्दबहादुर पुन र समापन समारोहमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले बोलेका थिए ।

उद्घाटन सत्र बहिस्कार गरेको महासंघको प्रमूख घटक नेपाल शिक्षक संघले दोस्रो दिनको बन्द सत्रमा भने सहभागिता जनाएको थियो । मुलुकभरका ४ सय बढी प्रतिनिधि पर्यवेक्षकहरुको सहभागिता रहेको परिषद् सफलतापूर्वक सम्पन्न भएको महासंघका अध्यक्ष बाबुराम थापाले जानकारी दिए ।

थापाका अनुसार परिषद्ले विधान मस्यौदा समितिले प्रस्तुत गरेको विधान संशोधन प्रस्ताव पारित गरेको छ । यस्तै, परिषदबाट महासचिवको सांगठनिक प्रस्ताव, महिला उपाध्यक्षको महिला प्रतिवेदन र अर्थउपमहासचिवको आर्थिक प्रतिवेदन समेत सर्वसम्मतीले पारित भएको छ ।

महासंघले जावलाखेल घोषणापत्र समेत जारी गरेको छ । एकीकृत अखिल नेपाल शिक्षक संगठनका अध्यक्ष शंकर अधिकारीका अनुसार महासंघको घोषणापत्रका विषय निम्न छन् ।

यस्तो छ प्रथम राष्ट्रिय परिषदबाट शिक्षक महासंघले पारित गरेका २२ बुँदे प्रस्ताव

१) महासंघको संगठनिक,आर्थिक र महिला बिभागका प्रतिवेदन सर्बसम्मत पास गरियो।
२) प्रस्तावित बिधान संसोधन प्रस्ताव हलबाट आएको सुझाव र म्यान्डेटका आधारमा अध्यक्ष मन्डलबाट सहमतिका आधारमा निर्णयमा पुग्ने ।
३)शिक्षक महासंघसंग भएको सहमति तत्काल कार्यान्वयन गर्न सरकारसंग माग गर्ने ।
४) बालबिकास ,विद्यालय कर्मचारीको तत्कालका लागि श्रम ऐन अनुसारको तलबमान र संघीय ऐन मार्फत उच्चस्तरीय शिक्षा आयोगको प्रतिवेदनमा उल्लेखित सुझावको आधारमा दरबन्दी र आन्तरिक प्रतिस्पर्धा सहितको स्थायी प्रक्रियामा अगाडी बढाइयोस।
५) राहत ,उमाविमा कार्यरत रहेका शिक्षकहरुलाई दरबन्दीमा रुपान्तरण गरि बिगतमा अस्थायी शिक्षकलाई दिइएको सुबिधा अनुसार स्थायी प्रक्रिया अगाडी बढाइयोस।
६) द्वन्दपिडित शिक्षक कर्मचारीहरुको पुनरबहाली प्रक्रिया तत्काल गरियोस् ।
७) निजी विद्यालयमा कार्यरत शिक्षक कर्मचारीहरुको लागि सामाजिक सुरक्षा कोष स्थापना गरियोस् ।
८) तत्काल शिक्षक अस्पतालको निर्णय कार्यान्वयन प्रक्रिया अगाडि बढाइयोस।
९) सामुदायिक विद्यालयमा निजीस्रोतमा कार्यरत शिक्षक कर्मचारीहरुलाई स्थानीय सरकारले मापदण्डका आधारमा स्थायी गरियोस् ।
१०) शिक्षक एकेडेमी निर्माण गरि महासंघको नेतृत्वमा शिक्षक कर्मचारीहरुको शैक्षिक दक्षता अभिवृद्धि कार्यक्रमहरु सन्चालन गरियोस।
११) प्रदेश ,जिल्ला र स्थानीय तहमा शैक्षिक सम्बाद समिती तत्काल निर्माणका लागि पहल गरियोस् ।
१२) शैक्षिक बिकासको लागि आफ्नो कर्तव्य पुरा गर्न ,परिणाम ल्याउन र विद्यार्थी केन्द्रित शिक्षण सिकाइ क्रियाकलापमा सरिक हुन , आफूलाइ अपडेट गर्दै सुचना प्रबिधिको उपयोग गर्न सक्षम हुन सम्पुर्ण शिक्षकहरुलाई अपिल गर्ने निर्णय गरियो ।
१३) तहगत बढुवा ,समयबद्ध बढुवाका साथै अस्थायी सेवा जोड्ने काम तत्काल गरियोस।
१४)शिक्षक कर्मचारीहरुलाई आस्थाका आधारमा गरिएको धरपकड,ज्यादाती तत्काल बन्द गरियोस् ।
१५)शुन्य दरबन्दी भएका आधारभुत विद्यालयहरुको कटौती गरिएको अनुदान तत्काल उपलब्ध गरियोस् ।
१६) उच्चस्तरीय शिक्षा आयोगको प्रतिवेदन सार्वजनिक ,शिक्षा नीति पास र संघीय शिक्षा ऐन तत्काल जारी गरियोस् ।
१७) शिक्षक महासंघको बाकी रहेका संगठनिक संरचना पूरा गर्न आबद्ध / सम्बद्ध संगठनहरुलाइ अनुरोध गर्ने निर्णय गरियो।
१८) स्थानीय तहमा शिक्षक कर्मचारी माथी भएको ज्यादाती तत्काल बन्द गरियोस् ।
१९) शिक्षामा लगानी वृद्धि गरियोस् र राजनैतिक पार्टीको घोषणा पत्रमा शिक्षा क्षेत्रमा गरिएको प्रतिबद्धता पूरा गरियोस् ।
२०) नमूना विद्यालय र प्राबिधिक विद्यालय छनौट प्रक्रिया पारदर्शी , बैज्ञानिक र ब्यबस्थित गरियोस् ।
२१) दरबन्दी मिलान तथा पुन: बितरण कार्यदलले दिएको सिफारिसका आधारमा तत्काल कार्य थालियोस।
२२) यी मागहरू तत्काल पूरा नगरिए आन्दोलनको घोषणा गर्ने सर्बसम्मत निर्णय गरियो।

Loading...