युद्धमा फक्रेका तर शान्तिमा बिर्सिएका कलाकारको कथा

 सले भन्छ क्रान्ति यहाँ सफल हुँदैन ? क्रान्तिकारी आशावाद केन्द्रीय भाव रहेको यो गीत नसुन्ने क्रान्तिकारीहरु सायदै होलान् । जनयुद्धकालमा लाखौं जनमनले क्रान्तिकारी आवेग र उत्साहका साथ गुनगुनाएको यो गीत त्यो बेला खुब लोकप्रिय थियो । प्रदेश नं. ५ का सभामुख एवं गीतकार पूर्ण घर्ती ‘आयाम’ को रचना रहेको यो गीत गायक एवं संगीतकार मोहित श्रेष्ठ हुन् । उनले यो गीत २०६१ सालको असोजमा तत्कालीन माओवादीको चुनबाङ बैठकमा कर्ण परियार विद्रोहीसंग गाएका थिए । माओवादी अध्यक्ष प्रचण्ड, बाबुराम भट्टराई, रामबहादुर थापा बादल लगायतका नेताहरु सामेल त्यो बैठकमा यो गीतले निकै प्रशंसा पाएको थियो । यो कालजयी क्रान्तिकारी गीतले जनगायक एवं संगीतकार मोहितलाई जनताको प्रीय गायकको रुपमा जनवादी गीतसंगीत क्षेत्रमा बलियो गरी स्थापित गराएको छ ।

बि.सं. २०५७ तिर तत्कालीन जनमुक्ति सेनाको कम्पनी फर्मेशनमा मोर्चावद्ध भएको बेला जनगायक मोहितले जनक्रान्तिको महासमरमा बेपत्ता पारिएका सहयोद्धा र जनताको संझना र सम्मानमा ‘अँधेरी क्षितिजमा हराइदिंदा तिमी’ बोलगीत गाएका थिए । यो उनको पहिलो गीत थियो । यो गीतको रचना र संगीत उनकै थियो । बाल्यकालदेखि साँस्कृतिक क्षेत्रमा सक्रिय रहेका मोहितलाइ उम्दा जनगायक र संगीतकारमा चिनाउने दर्जनौं गीतहरु छन् । ‘यात्रा हाम्रो लामो छ है’, ‘बसन्तको बहारसंगै’, ‘ब्यूँझी उठ नेपालीहरु’ लगायत थुप्रै क्रान्तिकारी गीतहरु जनयुद्धताका निकै चर्चित थिए ।

रोल्पा जिल्लाको जंकोट ८ नम्लीमा बुवा रणबहादुर श्रेष्ठ र आमा गवन कुमारी श्रेष्ठको कोखबाट बि.सं. २०३७ साल जेठ ९ गते जन्मिएका मोहित बहुप्रतिभाशाली जनकलाकार हुन् । उनले करीब १ सय भन्दा गीतहरुमा स्वर दिएका छन् भने ५ दर्जन बढी गीतहरुमा संगीत सिर्जना गरेका छन् । २०६४ साक्षी एल्बम प्रकाशित गरेका उनी उनी एक उम्दा लेखक एवं गीतकार पनि हुन् । सुरसंगीत (२०६२), जीउँदो सपना (संस्मरण २०६५) उनका प्रकाशित कृति हुन् । उनले करीब ४ दर्जन जति गीत रचना गरेका छन् ।

रोल्पाको क्रान्तिकारी राजनीतिक बातावरणमा हुर्केका बढेका जनगायक मोहित एसएलसी परीक्षा दिएर २०५४ सालदेखि माओवादी पार्टीको पूर्णकालीन कार्यकता बने । उत्पीडित वर्गसमुदायको न्याय र मुक्ति र गौरवका लागि उनले किशोरकालमै झोला र पुस्तकसंगै आफ्ना नीजि रहर र सपनाहरु पनि थन्काए र बन्दूक बाकेर जनमुक्तिसेनामा सामेल भए । जनताको लालसिपाही बनेर जनदमनमा उत्रिएका बर्गवैरीहरुको मुटुमा ढ्याङग्रा ठोक्दै उनले २०५८ सम्म जनक्रान्तिको सेवा गरे ।

बि.सं. २०५८ मा आइपुग्दा उनको मोर्चा फेरियो । फौजी मोर्चाबाट उनी साँस्कृतिक मोर्चामा आए । जनक्रान्तिको आवश्यक्ता र माग अनुसार जहाँ पनि जतिखेर फिट हुनुपर्छ भन्ने क्रान्तिकारी चेत र मानसिकता बोकेमा मोहित अब भने कलम र मादल बोकेर जनक्रान्तिमा हेलिए । गीतसंगीत मार्फत जनयुद्धको भाव, उद्देश्य, सपना संप्रेषण गर्दै मोहितले जनता र क्रान्तिकारी योद्धाहरुमा निरन्तर नवीन चेतनना, आशा, उत्साह र जोश भरे । प्रतिरोध साँस्कृतिक परिवारको क्षेत्रीय टिम हुँदै सामना परिवारको केन्द्रीय टोलीमा आवद्ध भएर जनगायक मोहितले जनयुद्धभरि साँस्कृतिक सिपाहीको रुपमा पार्टी र क्रान्तिको अहोरात्र सेवा गरे ।

२०६२/०६३ को जनआन्दोलको सफलता पश्चात् नेकपा –माओवादी) खुला राजनीतिमा आएपछि जनगायक मोहित भने केही समय निष्क्रिय जस्तो रहे । २०६५ मा दाङको घोराही १६ लेटारमा सपरिवार बसाइ सरेर उनी घरगृहष्थीमै बल्झिए । तत्कालीन जनमुक्ति सेनामा कार्यरत होलिका केसी ‘नबीना’संग २०६० सालमा बिवाह गरेका मोहितका १ छोरा र १ छोरी छन् । श्रीमती होलिकाले जनमुक्ति सेनाको बिग्रेड भ्वाइस कमाण्डरको हैसियतमा स्वेच्छिक अवकाश लिएकी हुन् ।

करीब १ दशक निष्क्रिय रहेका जनगायक मोहितले १ वर्ष यता भने साँगीतिक फाँटमा पुनरागमन गरेका छन् । कुनै समय यस्तो थियो मोहित श्रेष्ठ नेपाली जनयुद्धका एक उत्कृष्ट कलाकार थिए र त्यतिबेला पार्टीका हरेक कार्यक्रममा कलाकार अपरिहार्य आवश्यकता थिए । हारमा आँट, साहस र उत्साह भर्ने त जितमा जिम्मेवार बन्न प्रेरित गर्ने ती कलाकारहरु आज बिर्सिएका छन् । खोला तरेर बिर्सिएका लौरो झै भएका छन उनीहरु । 

 

Loading...