भारतीयलाई छोरो बनाई नेपाली नागरिकता दिलाउने वडाध्यक्ष पक्राउ

काठमाडौं, २८ भदौ । आफ्ना भारतीय ज्वाँईलाई नेपाली नागरिकता दिलाउने पर्सा बहुदर्माई नगरपालिका–८ का वडाध्यक्ष पुन्नीलाल साहलाई पर्सा प्रहरीले पक्राउ गरेको छ ।

भारतमा घर भएका ज्वाँई वीरेन्द्र कुमार साहलाई माइलो छोरा बनाएर वंशजको आधारमा पुन्नीलालले नागरिकता दिलाएका थिए । वडाध्यक्ष भएका कारण पदको दुरुपयोग गरी सिफारिस, सर्जमिन सबै मिलाएर जिल्ला प्रशासन कार्यालयमार्फत नागरिकता दिलाएका पुन्नीलालविरुद्ध मुद्दा परेको थियो ।

मुद्दा परेपछि गृह मन्त्रालयमार्फत उक्त नागरिकता रद्द भए पनि विपक्षीले उच्च अदालत हेटौंडामा मुद्दा दायर गरेपछि पुन्नीलालविरुद्ध पक्राउ आदेश भएको थियो । सोही आधारमा पर्सा प्रहरीले पक्राउ गरी आवश्यक कानुनी कारबाहीको प्रक्रिया बढाएको छ ।

भारतीय ज्वाँईलाई अंगीकृत नागरिकता दिने या नदिने भन्ने बहस चलिरहेका बेला किर्ते गरी वंशजकै नागरिकता पुन्नीलालले दिलाएका थिए ।

Loading...