नेपाल बैंकले निकाल्यो ठूलो संख्यामा कर्मचारीका लागि विज्ञापन

काठमाडौं । नेपाल बैंक लिमिटेडले ठूलो संख्यामा कर्मचारी माग गरेको छ । लोकसेवा आयोगको सहमति लिएर विभिन्न पदमा नेबैलिले विज्ञापन गरेको हो ।

आइतबार विज्ञापन सार्वजनिक गर्दै नेबैंलिले सहायक प्रवन्धकदेखि कनिष्ठ सहायकसम्मका ५६४ जनाको माग गरेको छ । प्लस टु पास गरेकादेखि स्नातकोत्तर उत्तीर्ण गरेकाहरुले यी पदहरुमा दरखास्त दिन सक्नेछन् । सार्वजनिक गरिएको विज्ञापन अनुसार प्रदेश नम्बर ३ मा सबैभन्दा बढी संख्या माग गरिएको छ । आजैदेखि असोज १९ गतेसम्म्म दरखास्त फाराम भर्न सकिने बैंकले जनाएको छ । बैंकले सबै फाराम स्क्यान गरेर अनलाइनबाट मात्र भर्न मिल्ने जनाएको छ । फोटो र तोकिएको प्रमाणपत्रहरु पनि स्क्यान गरेरै अनलाइनमार्फत हाल्नुपर्ने बैंकले जानकारी गराएको छ ।

बैंकले जारी गरेको सूचनामा भनिएको छ, “श्री लोकसेवा आयोगको सहमति अनुसार यस बैंकको आ.व.२०७६/७७ को स्वीकृत दरबन्दीका आधारमा रिक्त रहेका निम्न पदहरुमा खुला प्रतियोगिताद्वारा स्थायी पदपूर्ति गर्नुपर्ने भएकोले योग्य नेपाली नागरिकहरुबाट मिति २०७६/०५/३० देखि अनलाइन दरखास्त फारम भर्न आह्वान गरिएको छ । बैंकले तोकेको अनलाइन फाराममा भर्नुपर्ने सम्पूर्ण विवरणहरु भरी सोको साथ नागरिकता र दरखास्त दिने पदको लागि तोकिएको न्युनतम शैक्षिक योग्यताको ट्रान्सकृप्ट, चारित्रिक प्रमाणपत्र तथा नेपाल बाहेक अन्य मुलुकबाट हासिल गरेको शैक्षिक योग्यता भएमा सो को साथमा त्रिभुवन विश्वविद्यालयबाट समकक्षता निर्धारण गरेको प्रमाणपत्र, समावेशी समूहका लागि तोकिएको प्रमाणपत्र, अनुभव चाहिने पदका लागि तोकिएको अनुभवको प्रमाणपत्र र हालसालै खिचेको पासपोर्ट साइजको फोटो Scan/Attach गरी तोकिएको शुल्क तिरी मिति २०७६/०६/१९ सम्म अनलाइन दरखास्त पेश गर्नुपर्नेछ । म्याद भित्र दाखिल नभएको र रीत नपुगी आएका दरखास्त उपर कुनै किसिमको कारबाही हुने छैन । झुट्टा विवरण उल्लेख गरी अनलाइन दरखास्त फाराम भरेमा सोको जवाफदेही उम्मेदवार स्वयं हुनुपर्नेछ ।

यस्तो छ नेपाल बैंक लिमिटेडको विज्ञापन सूचना

Loading...