ट्युनिसियामा राष्ट्रपतिका लागि मतदान

ट्युनिस, २९ भदौ । ट्युनिसियामा नयाँ राष्ट्रपति चयनका लागि आइतबार मतदान भइरहेको छ । पहिलो चरणको निर्वाचन अन्तर्गत आइतबार २४ प्रान्तमा मतदान भएको निर्वाचन आयोगले जनाएको छ । देशको राष्ट्रपति बन्नका लागि ट्युनिसियामा अहिले २६ जना नेता चुनावी मैदानमा रहेको आयोगको भनाई छ ।

आइतबारको निर्वाचनमा ७० लाखभन्दा बढीले मतदान गर्ने अपेक्षा गरिएको छ । ट्युनिसियामा सन् २०११ देखि अहिले दोस्रो पटक राष्ट्रपतीय निर्वाचन हुन लागेको हो । यसैबीच, पूर्व राष्ट्रपति स्वर्गीय बेजी सैड इस्सेब्सीकी श्रीमती चाड्लिया फार्रात इस्सेब्सीको निधन भएको छ ।

विभिन्न स्वास्थ्य समस्याका कारण उनको आइतबार निधन भएको स्वास्थ्य परिवारजनले जानकारी दिएका छन् । नयाँ राष्ट्रपति चयनका लागि मतदान भइरहेकै दिन पूर्व राष्ट्रपतिकी पत्नी इस्सेब्सीको ९२ वर्षको उमेरमा निधन भएको हो ।

Loading...