तालिबानका छायाँ प्रान्तीय गभर्नर मारिए

 अफगानिस्तान, २९ भदौ।सरकारी फौजको कारबाहीमा अफगानिस्तानको उत्तरी सामानगान प्रान्तका लागि तालिबानका छायाँ गभर्नर मौलवी नूरुद्दीन समेत कम्तीमा १२ जना तालिबान लडाकूहरु मारिएका छन् । सेनाका प्रवक्ता मोहम्मद हनिफ रेजाइले तालिबान विरुद्ध सरकारी फौजले हवाई कारबाही गरेको बताए। द्वन्द्वग्रस्त यस प्रान्तमा तालिबान विद्रोहीको निकै बलियो प्रभाव र पकड रहेको छ ।

प्रवक्ता रेजाइले गोप्य सूचनाका आधारमा आइतबार बिहान लडाकू विमानले तालिबान विद्रोहीहरु लुकेर बसेका स्थानमा हवाई कारबाही गरेको बताउनुभयो । रेजाइले प्रान्तको सुरक्षा व्यवस्था सुदृढ तुल्याउन तालिबानविरुद्धको कारबाहीलाई अझ कडा बनाइने जानकारी दिए। तालिबान समूहले भने उक्त कारबाहीका बारेमा केही बताएको छैन ।

Loading...