स्कटल्याण्डबाट आयो चर्चित गायक प्रमोद खरेलको नयाँ म्यूजिक भिडियो

स्कटल्याण्ड। चर्चित गायक प्रमोद खरेलको नयाँ म्यूजिक भिडियो सार्वजनिक भएको छ । पछिल्लो समय युवाहरुमाझ निकै लोकप्रियता कमाएका गायक खरेलको सुमुधुर गीत ‘राम्री हुनुमा पनि’को म्युजिक भिडियो सार्बजनिक भएको हो।

म्यूजिक भिडियो इनडोर सुटिङ गरिएको भए पनि निकै उत्कृष्ट बनेको छ । “राम्री हुनुमा पनि” बोलको गीतको शब्द /संगीत अर्का चर्चित गायक/संगीतकार बिष्णु खत्रीको रहेको छ। बिदेशमा बसेर पनि नेपाली गीत संगीतको विकासको लागि परेका हाल स्कटल्याण्ड बस्ने कलाकार सागर खत्रीले उक्त म्युजिक भिडियो निर्माण गरेका हुन् । गीतमा प्रेमिकाको सुन्दरताको बयान गरिएको छ।

म्युजिक भिडियोमा सागर खत्री र रोशना कार्कीको अभिनय रहेको छ भने सिनेमाटोग्राफी फ़ोस्टास टालाकाको रहेको छ। रो प्रोडक्सन युकेको सहकार्यमा निर्माण भएको उक्त म्युजिक भिडियोको निर्देशन दिपेश रेग्मीको रहेको छ।

हेर्नुहोस भिडियो

Loading...