नेपाली कलाकारबाट कोलकातामा चर्या नृत्य प्रस्तुत

काठमाडौँ, २७ भदौ । दिलीप थापा डान्स एकेडेमी कोलकाताले नेपाली कलाकारको सहभागितामा कोलकाता शरत सदन हाउडामा सुपर ट्यालेन्ट २०१९ सम्पन्न गरेको छ । नेपाली कलाकार नरेन्द्र कोइराला, नारायण रिजाल, रेणुका रिजाल, युनिशा रिजाल, रोशन बुढाथोकीले चर्या नृत्य तथा अन्य आधुनिक नृत्य प्रस्तुत गरे ।

सो अवसरमा एकेडेमीका कोरियोग्राफर तथा प्रशिक्षक दिलीप थापा र उनिद्वारा दीक्षित ११५ विद्यार्थीले पनि नेपाली झण्डा बोकी नेपाली, राजस्थानी, पञ्जाबी भाङ्गरा, भरत नाट्यम, मातृनृत्य र अन्य नृत्य प्रस्तुत गरे । कलाकारहरुलाई एपिजे कलाम फाउण्डेशन र भारतीय सङ्गीत एकेडेमीले पदक र प्रमाणपत्र दिएर सम्मान गरे ।

सो अवसरमा नारायण स्कूलका प्रिन्सिपल सुमित्रा चक्रवत्र्तीले नेपाल र भारतका नृत्य निकै राम्रो रहेको र यसले दुवै देशबीच सांस्कृतिक सम्बन्ध वृद्धि गर्न मद्दत गर्ने विश्वास व्यक्त गरे ।

कार्यक्रममा डान्स एकेडेमीेले नारी कल्याण समितिद्वारा सञ्चालित वृद्धाश्रमका वृद्धवृद्धालाई खाद्य सामग्री र लौरो पनि प्रदान गरेको थियो । डान्स एकेडेमीले तेह्र वर्षदेखि नेपाल भारत नृत्य आयोजना गरी दुई देश र जनताबीच सम्बन्ध विस्तारमा योगदान गरिरहेको कोरियोग्राफर थापाले बताए ।

Loading...