सागर अाले बाहिरिए नेपाल अाइडलबाट

काठमाडाैं, २५ भदाै । शीर्ष ३ मा नपुगेर नेपाल अाइडलबाट बाहिरिएका छन् । नेपाल आइडलको शीर्ष चार प्रतियोगीहरुकाे शुक्रबार भएकाे अडिसनबाट सागर बाहिरिएका हुन् ।

दर्शकहरुको मतका आधारमा भएको छनौटमा अन्य भन्दा कम मत पाइ उनी बाहिरिएका हुन्। यससँगै नेपाल आइडलको शीर्ष तीन प्रतियोगीहरुमा बुद्ध लामा, निसान भट्टराई, प्रताप दास बाँकी रहेका छन्।

अन्तराष्ट्रिय फरम्याटको नेपाल आइडयलमा गतहप्ता टप फोर मध्ये कसैलाई पनि आउट नगरेपछि अदातलमा मुद्दा दायर भएको थियो। अधिवक्ता यज्ञमणि न्यौपानले एपी वानबाट प्रशारण भइरहेको नेपाल आइडलले करार ऐनको दफा ८७ उल्लंघन गरेको भन्दै मुद्दा दायर गरेका थिए।

एपी वान टेलिभिजबाट प्रशारित नेपाल आइडल रोक्नका लागि परेको रिट शुक्रबार काठमाडौँ जिल्ला अदालतले खारेज गरेको थिए।

Loading...