विभिन्न मुलुकका पाँच शहरका मेयरले येँया: (इन्द्रजात्रा) अवलोकन गर्ने

काठमाडौँ, २५ भदौ । राष्ट्रिय मौलिक पर्व येँयाः (इन्द्रजात्रा) लाई यस वर्ष अन्तर्राष्ट्रिय महत्व दिने उद्देश्यले जात्रा अवलोकन गर्न विश्वका विभिन्न मुलुकका  ६ वटा देशका १३ वटा नगरबाट ५ जना  मेयर सहित ४८ जना काठमाडौँ महानगर पालिकाको निमन्त्रणामा आउने भएको छ ।

महानगरले आउदै गरेको नेपाल भ्रमण बर्ष २०२० लाई टेवा पुग्ने उद्देश्यले विदेशका विशिष्ट पाहुनाहरुलाइ नेपालको साँस्कृतिक पर्यटन विकासमा समेत योगदान रहने बताएको छ । विदेशी पाहुनालाई नेपाललाई चिनाउने कला, साँस्कृतिक, परम्परागत र रितिरिवाज चिनाउने उद्देश्यले इन्द्रजात्रा अवलोकनकै अवसरमा काठमाडौँका भित्रि शहरका सम्पदाहरु, विश्व सम्पदा सूचीमा सुचीकृत स्वयम्भु महाचैत्य, भक्तपुर दरवार क्षेत्र, पाटन दरवार क्षेत्र लगायतका महत्वपूर्ण स्थानको अवलोकन गराइने बुधबार आयोजित पत्रकार सम्मेलनमा महानगरपालिका मेयर बिध्यासुन्दर शाक्यले बताएका छन् ।

महानगरको आतिथ्यमा आउने पाहुनाले भाद्र २७ शुक्रबार बसन्तपुरमा हुने कुमारी, गणेश र भैरवको रथ जात्रामा सहभागी भइ अवलोकन गरिने र सो क्षेत्रमा हुने जात्रा सम्बन्धित फोटो प्रदशनी समेत अवलोकन गर्नेछ । शनिबार २८ गते ७९५० फिट अग्लो दक्षिण पश्चिममा रहेको दोश्रो ठूलो डाँडाबाट काठमाडौँ उपत्यकाको अवलोकन, स्वयम्भु महाचैत्य क्षेत्रको भ्रमण गराइने, २९ गते आइतवार ललितपुर तथा भक्तपुरका ऐतिहासिक सम्पदा क्षेत्र अवलोकन गराई रात्रि भोज गरि बिदाई गरिने कार्यक्रम रहेको छ ।

निमन्त्रणलाई स्वीकार गर्दै दिल्ली म्युनिसिपलबाट मेयर सरदार अभतार सिंहको नेतृत्वमा इष्ट दिल्ली म्युनिसिपल कर्पोरेसनका मेयर अञ्जु कमलकान्त ,भुटानको थिम्पु नगरका मेयर किन्ले दोर्जे, बङ्गालादेशको ढाका साउथ सिटी कर्पोरेसनका मेयर मोहम्मद सहिद खोकन,चीनको ल्हासाका मेयर गुहेओ गुहेओ जात्रा अबलोकनमा आउन लागेको हो । 

उक्त अवसरमा मेयर शाक्यले जात्रा पर्वलाइ सभ्य भएर मर्यादित बनाउन सुरक्षा निकाय, जात्रासँग आवद्द समाज, संस्था सबैमा अनुरोध गरे ।

Loading...