चौराहा अस्पतालमा डेङ्गुका बिरामीको निःशुल्क परीक्षण

रुपन्देही, २५ भदौ । बुटवलको चौराहा अस्पतालले डेङ्गुका विरामीहरुको निःशुल्क स्वास्थ्य परीक्षण शुरु गरेको छ । सामाजिक उत्तरदायित्व अन्तर्गत अस्पतालले आजदेखि डेङ्गुको लक्षण देखिएका बिरामीको निःशुल्करुपमा स्वास्थ्य परीक्षण शुरु गरेको हो ।

अस्पतालका अध्यक्ष सुदन ज्ञवालीले आर्थिक अभावका कारण कसैले पनि डेङ्गुको परिक्षण गर्न नसक्ने परिस्थिति नआओस् भन्ने उद्देश्यले निःशुल्क परीक्षण गरिएको बताए । एउटा बिरामीको डेङ्गुको परीक्षण गरेबापत लाग्ने आकस्मिक कक्षको टिकट शुल्क सहित उपचार खर्च निःशुल्क गरिएको उनको भनाइ थियो ।

उक्त अस्पतालले एक हजारसम्मको निःशुल्क परीक्षण गर्न पुग्ने गरी आवश्यक कीट व्यवस्थापन गरिसकेको जनाएको छ । अस्पतालमा ३४० ले ज्वरो परीक्षण गराएकामा ३४ जनामा डेङ्गु भेटिएको अस्पतालका प्रबन्ध निर्देशक बिरु भण्डारीले जानकारी दिए ।

Loading...