डोरियन आँधीबाट बहमास भग्नावशेषमा परिणत, स्थानीयबासीको संघर्ष जारी

नसाउ, बहमास, २३ भदौ . संयुक्तराज्य अमेरिकाको बहमास द्वीपलाई केन्द्रविन्दु पारेर आएको डोरियन आँधीले बहमासलाई तहसनहस बनाएको छ । स्थानीयबासीहरु भग्नावशेषका बीचमा जनजीवनलाई सामान्य तुल्याउन सङ्घर्षरत रहेका छन् ।

समुद्रको छाल र भीषण वर्षासहित आएको डोरियन आँधीले अस्तव्यस्त तुल्याएको यहाँको जनजीवन अझै पनि असामान्य रहेको छ ।

बहमासका प्रधानमन्त्री हुबर्ट मिन्निसले गत सोमबार बहमास द्वीपका जनताका लागि यो आँधी “इतिहासकै दुःखान्त”को संज्ञा दिPsf थिP ।

डोरियनका कारण अमेरिकाको पूर्वी तटीय इलाकासहित हाल यो पूर्वी क्यानडामा केन्द्रित भएको छ । यहाँ पनि आँधीले ठूलै क्षति गरेको छ ।

बहमासका स्वास्थ्यमन्त्री ड्वाने सनड्सले डोरियन आँधीबाट ज्यान गुमाउने व्यक्तिको सङ्ख्या ४४ पुगेको पुष्टि गर्नुभएको छ ।

यसअघि यस आँधीको प्रकोपबाट ३० जनाको मृत्यु भएको अमेरिकी टेलिभिजन सिएनएनले जनाएको थियो । यस आँधीबाट लाखौँ मानिस प्रभावित भएका छन् ।

Loading...