अब मरिन्छ भन्ने अनुभूति जनयुद्धकालमै भएको पचण्डको खुलासा

काठमाडौं,२३ भदौ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उनले आफूलाई मरिन्छ भन्ने अनुभूति भएको खुलासा गरेका छन् । जनयुद्धकालमै हत्या गरिएका गोरखाका नेता सुरेश वाग्ले बासुको स्मृतिमा सत्तारुढ दलको कार्यालय धुम्वाराहीमा आयोजना गरिएको कार्यक्रममा बोल्दै प्रचण्डले सो कुराको खुलासा गरेका हुन् ।

उनले जनयुद्ध सुरु गर्दा यदि बौद्धिक तागतले मात्र राज्यसँग युद्ध लडेर जितिन्छ भन्ने स्थिति नरहेको अवस्थामा छिट्टै मरिन्छ जस्तो लागेको बताए । उनले भने, ‘को बाचिन्छ, को मरिन्छ, त्यसबेला ठेगान थिएन, त्यसबेला हामी केन्द्रीय समितिमा १९ जना थियौं । हामी मध्ये धेरै मारिन्छौ भन्ने लागेको थियो । विद्रोहलाई निरन्तरता दिन सके पनि हाम्रो वौद्धिक तागतले लडेर मात्र छिट्टै राज्य जितिन्छ भन्ने लागेको थिएन । त्यसैले नेतृत्व पंक्तिबाट बलिदान हुनुपर्छ भन्ने थियो ‘।

प्रचण्डले जनयुद्धको बाटो छोडेर संसदीय बाटोमा लागेपछि उनीप्रति असहमत हुनेहरुले उनीमाथि विभिन्न आरोप लगाउने गरेका छन् । त्यसमध्ये प्रचण्ड डराएर संसदीय व्यवस्थामा फर्केको पनि आरोप लगाउने गरेका छन् । शान्तिप्रक्रिया लगत्तै पनि उनले आफ्ना लडाकुहरुलाई कन्भिन्स गर्न आफ्नो सेनाको तागत कमजोर बन्दै बन्दै गएको र जित्न सक्ने स्थिति नभएको, काँडेतारबारमा अल्झिएको जस्ता कुरा सुनाउने गरेका थिए । त्यसलाई प्रचण्डले त्यतिबेलै युद्धबाट फर्कन निकै प्रयत्न गरेको उनीप्रति असहमत हुनेहरुले व्याख्या गरेका छन् । यस्तो आलोचना भइरहेका बेला प्रचण्डको यस्तो भर्सन बाहिर आएको हो । प्रचण्डकै नेतृत्वमा तत्कालीन नेकपा (माओवादी)ले २०५२ फागुन १ गतेदेखि संसदीय व्यवस्थालाई ध्वस्त पारेर नेपालमा नयाँ जनवादी व्यवस्था स्थापना गर्न जनयुद्ध सुरु गरेको थियो । १० वर्षसम्म चलेको भीषण युद्धमा १५ हजार बढी मानिसहरु मारिए । अन्ततः २०६२ चैत्रमा प्रचण्डले पार्टीलाई शान्तिप्रक्रियामा प्रवेश गराई संविधान सभाका लागि चुनावमा होमे र पछि उनी यसै व्यवस्थाभित्र एक राजनीतिक खेलाडीका रुपमा हावी हुँदै आएका छन् ।

तत्कालीन माओवादीको सुप्रीयो समेत रहेका प्रचण्डले जनयुद्धको बेला वाग्लेको ज्यान गएपछि सहिद हुन तछाडमछाड भएको बताए । यसरी प्राप्त भएको उपलब्धिको बदनाम गर्न केही व्यक्ति लागेको भन्दै उनीहरु सफल नहुने बताए ।

संघीय लोकतान्त्रिक गणतन्त्रलाई बदनाम पार्न लगिपरेकालाई हामी सफल हुन दिँदैनौं सरकार प्रभावकारी होस् भन्ने चिन्ता हामीले पनि सुनेका छौं राम्रा काम गर्न नखोजिएको होइन आकांक्षाअनुसार काम भएन भन्ने गुनासा आएका छन् । सरकारको काम प्रभावकारी बनाएर गणतन्त्रलाई कुनै पनि हालतमा उल्टयाउन नदिने उनको भनाइ थियो ।

Loading...