बाल बैज्ञानिकका नामले परिचित बालक नगद तथा ताम्रा पत्र सहितको बाल प्रतिभा पुरस्कारबाट सम्मानित

सर्लाही हरिवन- ४सासापुर घर भई लालबन्दी-२ स्थित नवजीवन विद्याश्रम मावि जुटपानीमा अध्ययनरत बालक निश्चल पौडेललाई काठमाडौंमा रहेको कार्तिकेय ट्रस्टले बाल प्रतिभा पुरस्कार- २०७५ बाट सम्मान गरेको हो । कार्तिकेय ट्रस्ट ले शनिवार काठमण्डौ स्थित रास्ट्रीय सभा गृहमा ट्रस्टका अध्यक्ष मोहन कार्कीको अध्यक्षता एवम वरिष्ठ साहित्यकार सत्यमोहन जोशीको प्रमुख आतिथ्यतामा भएको एक भब्य कार्यक्रमका बिच नगद १० हजार र ताम्रापत्रबाट सम्मान गरेको थियो ।

झण्डै दुई दशक अघि स्थापना गरिएको ट्र्ष्ट ले प्रत्येक बर्ष देश भर कुनै न कुनै बिद्या मा उत्कृष्ट काम गर्ने बालप्रतिभा लाई पुरस्कृत तथा सम्मान गर्दै आएको छ । सानै उमेर मा बिज्ञान र प्रबिधी को क्षेत्रमा उल्लेख्य काम गरेको भन्दै ट्रश्ट ले बालक पौडेललाई सम्मान गरेको ट्रष्ट का प्रतिभा छनौट समिती संयोजक महेश पौडेल ले बताए ।

बालक निश्चलले दस बर्षको उमेर देखि नै बिज्ञान र प्रबिधीको बारेमा चासो राख्थे र विभिन्न बिज्ञान प्रबिधीका सामान बनाउने काम गर्दै आएका छन् । उनले गाउँघरमा खेर गएका कवाडी समानलाई आफैले ब्याट्रीबाट चल्ने ई -साईकल बनाएर बिद्यालय जाने आउने गरेका छन भने पाच वटा ड्रोन बनाएर सफलता पुर्बक परिक्षण समेत गरि सबै लाई आश्चार्य चकित तुल्याएका छन ।

उनको प्रतिभा देखेर उनको घर परिवार मात्रै होइन संगै पढ्ने साथी भाइ हरु समेत आश्चर्यचकित बनेका छन ।  उनले बनाएका सामान हेर्न अहिले पनि उनको घरमाट दिनहु बिज्ञान प्रती रुचि राख्ने हरु हेर्न आउने गरेको बालकका आम निरा पौडेल बताउछिन ।

सानै उमेर मा घर भित्र छिर्दा आफै लाईट अन हुने र बाहिर निस्कदा अफ हुने बिधुतिय सामाग्री ई साईकल ड्रोन लागायत बनाएर उन ले स्थानिय तह लालबन्दी हरिवन का जनप्रतिनिधी र आफ्ना बिद्यालय का शिक्षक र साथी भाइ लाई देखाई सकेका छन । उनको प्रतिभा देखेर उनलाई हरिवन नगरपालिका वडा नम्बर ११ का वडा अध्यक्ष शेख मेहबुब रेजा , वडा सदस्य सुकदेब कार्कीले नगद बाट सम्मान गरेका छन ।  त्यस्तै उनलाई सार्क बाल बैज्ञानिक हरु को काठमाण्डौमा भएको सार्क भेलाले उन लाई यस अघि नै सम्मान गरि सकेको बालक का बुबा काशिनाथ पौडेलले बताए ।

१५ बर्षे बालक निश्चल आफू अहिले कक्षा दस मा नै अध्यनरत रहेको हुदा भोलि का दिन मा यहि नै बन्छु भन्ने उदेश्य र लक्ष्य नराखेको भए पनि आफ्नो प्रतिभा देखेर सम्मानित हुन पाउँदा आफू निकै नै गौराबान्धित भएको रअझ राम्रो किसिम को अबसर र सेवा सुबिधा राज्य र स्थानिय सरकार ले गरिदिए धेरै चिज को निर्माण गर्न सक्ने र निर्माण गरेर देखाउन सक्ने इच्छा रहेको उनको भनाई छ ।

Loading...