आयोगले निकाल्यो दाङ, प्यूठान, रोल्पा, रुकुम, सल्यान, सुर्खेत, दैलेख जिल्लाको प्राथमिक तहको नतिजा (हेर्नुहोस पूरा नतिजा)

काठमाडौं । शिक्षक सेवा आयोगले खुलातर्फको प्राथमिक तहको अन्तिम नतिजा प्रकाशन गरेको छ । बुधवारदेखि अन्तिम चरणको नतिजा प्रकाशन गर्न सुरु गरेको आयोगले शनिवार मध्यपश्चिमका थप चार जिल्लाको नतिजा प्रकाशन गरेको हो । आयोगले आइतबार दाङ, प्यूठान, रोल्पा, रुकुम, सल्यान, सुर्खेत, दैलेख जिल्लाको नतिजा प्रकाशन गरेको छ । त्यसैगरी शुक्रबार जाजरकोट, जुम्ला, हुम्ला, कालिकोट र शनिवार डोल्पा, बाँके, बर्दिया र मुगु जिल्लाको नतिजा प्रकाशन गरेको थियो । 

गतवर्षको असोज १३ मा भएको परीक्षाको गएको असार १० गतेदेखि २९ गतेसम्म नतिजा प्रकाशन गरेको थियो । आयोगले लिखित परीक्षा उत्तीर्णहरुलाई असार ३० गतेदेखि साउन १४ गतेसम्म अन्तर्वार्ता सञ्चालन गरेको थियो । साथै, छुटेकाहरुको साउन २५ गते अन्तर्वार्ता लिइएको थियो ।

९ हजार ९ सय ९६ पदमा भएको विज्ञापनमा १४ हजार १ सयबढीले लिखित परीक्षा उत्तीर्ण गरेका थिए । यहाँ चारै जिल्लाको पूरा नतिजा दिइएको छ । 

हेर्नुहोस् दाङ जिल्लाको नतिजा

 

हेर्नुहोस् प्यूठान जिल्लाको नतिजा

 

हेर्नुहोस् रोल्पा जिल्लाको नतिजा

 

हेर्नुहोस् रुकुम जिल्लाको नतिजा

 

हेर्नुहोस् सल्यान जिल्लाको नतिजा

 

हेर्नुहोस् सुर्खेत जिल्लाको नतिजा

 

हेर्नुहोस् दैलेख जिल्लाको नतिजा

Loading...