शिक्षाको सवलीकरणका लागि तीनै तहका सरकारसँग समन्वय अपरिहार्यः महानिर्देशक पौडेल

काठमाडौं, २२ भदौ । शिक्षा तथा मानवस्रोत विकास केन्द्रले सार्वजनिक शिक्षाको सवलीकरण गर्न तीनै तहका सरकारसँग समन्वय गरिने बताएको छ । राष्ट्रिय शिक्षा दिवस तथा अन्तर्राष्ट्रिय साक्षरता दिवसको अवसरमा एक सार्वजनिक अपिल जारी गर्दै केन्द्रका महानिर्देशक बाबुराम पौडेलले सो कुरा बताएका हुन् ।

पौडेलले अपिलमा संघ, प्रदेश र स्थानीय गरी तीनै तहका सरकारको प्रयत्नमा सार्वजनिक शिक्षाको सवलीकरण गरिने बताएका छन् । उनले शिक्षा अरु सबै पूर्वाधारहरुको पनि पूर्वाधार भएकाले शिक्षाको विकास राष्ट्रको प्रमुख प्राथमिकतामा रहेको उल्लेख गरेका छन् । उनले अपिलमा भनेका छन्, “प्रतिवद्ध पूरा गर्न विद्यालय शिक्षाको सुदृढीकरणमा सहजीकरणको भूमिका प्राप्त गरेको शिक्षा तथा मानव स्रोत विकास केन्द्रले मन्त्रालयको निर्देशन, अन्य केन्द्रीय निकायहरुसँगको सहकार्य, मातहतका निकायहरुको सहयोग समेतका आधारमा साक्षरता र भर्ना अभियानको सञ्चालन, शिक्षकको क्षमता अभिवृद्धि र व्यवस्थापन, जीवनोपयोगी ज्ञान र सिप सहितको पाठ्यक्रमको कक्षाकोठामा कार्यान्वयन, पूर्ण विद्यालयको स्थापना र विकास, समावेशी शिक्षा र वैकल्पिक शिक्षा समेतको माध्यमबाट शिक्षामा गुणस्तरीयता र मूलप्रवाहीकरणलाई सहजीकरण गर्दै आइरहेको छ ।”

अपिलमा परम्परागत शिक्षा प्रणालीबाट अत्याधुनिक सूचना तथा सञ्चार प्रविधिमा आधारित शिक्षा पद्दतिको कार्यान्वयन गर्ने कुरामा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय प्रतिवद्द रहेको उल्लेख गरिएको छ । त्यसैगरी शिक्षा क्षेत्रका समग्र नीति, योजना तथा कार्यक्रमहरु, शिक्षामा सबै नागरिकको समतामूलक पहुँच, गुणस्तरको सुनिश्चितता र शैक्षिक सुशासन कायम गर्नेतर्फ केन्द्रित रहेकासमेत पौडेलले अपिलमा उल्लेख गरेका छन् ।

यस्तो छ महानिर्देशक पौडेलले जारी गरेको अपिल

Loading...