आयोगले निकाल्यो बाँके, बर्दिया, डोल्पा र मुगु जिल्लाको प्राथमिक तहको नतिजा (हेर्नुहोस पूरा नतिजा)

काठमाडौं । शिक्षक सेवा आयोगले खुलातर्फको प्राथमिक तहको अन्तिम नतिजा प्रकाशन गरेको छ । बुधवारदेखि अन्तिम चरणको नतिजा प्रकाशन गर्न सुरु गरेको आयोगले शनिवार मध्यपश्चिमका थप चार जिल्लाको नतिजा प्रकाशन गरेको हो । आयोगले शुक्रबार जाजरकोट, जुम्ला, हुम्ला र कालिकोट जिल्लाको नतिजा प्रकाशन गरेको छ । त्यसैगरी शनिवार डोल्पा, बाँके, बर्दिया र मुगु जिल्लाको नतिजा प्रकाशन गरेको छ । 

गतवर्षको असोज १३ मा भएको परीक्षाको गएको असार १० गतेदेखि २९ गतेसम्म नतिजा प्रकाशन गरेको थियो । आयोगले लिखित परीक्षा उत्तीर्णहरुलाई असार ३० गतेदेखि साउन १४ गतेसम्म अन्तर्वार्ता सञ्चालन गरेको थियो । साथै, छुटेकाहरुको साउन २५ गते अन्तर्वार्ता लिइएको थियो ।

९ हजार ९ सय ९६ पदमा भएको विज्ञापनमा १४ हजार १ सयबढीले लिखित परीक्षा उत्तीर्ण गरेका थिए । यहाँ चारै जिल्लाको पूरा नतिजा दिइएको छ । 

हेर्नुहोस् बाँके जिल्लाको नतिजा

 

हेर्नुहोस् बर्दिया जिल्लाको नतिजा

 

हेर्नुहोस् डोल्पा जिल्लाको नतिजा

 

हेर्नुहोस् मुगु जिल्लाको नतिजा

Loading...