निम्न माध्यमिक तहको शिक्षक पदास्थापन, जिल्ला रोज्न तोकियो अन्तिम म्याद

काठमाडौं । शिक्षा विकास तथा मानव स्रोत विकास केन्द्रले खुला विज्ञापनतर्फ निम्न माध्यमिक तहका परीक्षा उत्तीर्ण उम्मेदवारहरुलाई पदास्थापन गर्नका लागि जिल्ला रोज्न भाद्र ३१ सम्मको म्याद दिएको छ ।

लिखित परीक्षा र अन्तर्वार्ताबाट छनोट भइ आयोगले सिफारिस गरेका उम्मेदवारहरुलाई आफू काम गर्न चाहेको जिल्ला प्राथमिकता क्रम उल्लेख गरी तोकिएको ढाँचामा फारम भरी भाद्र ३१ गतेसम्ममा केन्द्रमा पठाउन आग्रह गरिएको छ ।

प्राथमिक तहको परीक्षा जिल्लागत भए पनि माध्यमिक र निम्नमाध्यमिक तहको परीक्षा विकास क्षेत्रगत रुपमा भएको थियो । निम्न माध्यमिक तहको खुला विज्ञापनमा गतवर्षको असोजमा लिखित परीक्षा र गएको असार दोस्रो हप्ता अन्तर्वार्ता भएको थियो ।

निमावि तहको लागि मुख्य विषयमा देशभर १६३५ पदमा विज्ञापन भएकामा ६०९६५ ले आवेदन दिएका थिए । जसमध्ये २ हजार २४७ लिखित परीक्षा उत्तीर्ण गरि अन्तर्वार्तामा सहभागी भएका थिए । अन्तवार्ताबाट १५७४ जना छनोट भएका थिए ।

हेर्नुहोस शिक्षक सेवा आयोगको पूरा सूचना

Loading...