लामो समयदेखि उत्तीर्ण हुन नसकेका विद्यार्थीका लागि त्रिविले दियो अन्तिम मौका

काठमाडौ । त्रिभूवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुले वार्षिक परीक्षा प्रणाली अनुसार २०७६ सालमा सञ्चालन हुने स्नातकोत्तर तह दोस्रो वर्षको परीक्षाका लागि विशेष मौका परीक्षा खुलाएको छ ।

मानवीकी, शिक्षाशास्त्र र व्यवस्थापन संकायका अधिकांश विद्यार्थीहरुले आ–आफ्ना क्याम्पसमा र प्राईभेट तर्फका परीक्षार्थीले तोकिएको स्थानमा फारम भर्न सक्ने त्रिविले जनाएको छ ।

२०६२ सालमा प्रथम वर्षमा क्याम्पस भर्ना भई २०६३ सालमा प्रथम वर्ष पहिलो पटक परीक्षा दिइ ६ वर्ष नाघी उत्तीर्ण हुन नसकेको र प्राइभेटको हकमा २०६३ सालमा प्रथम वर्ष पहिलो पटक परीक्षा दिइ ६ वर्ष नाघेर उत्तीर्ण हुन नसकेको विद्यार्थीले परीक्षामा सहभागिता जनाउन सक्ने त्रिविले जनाएको छ ।

त्यस्ता क्याम्पसका परीक्षार्थीहरूले आ-आफनो क्याम्पसमा र प्राइभेट परीक्षार्थीहरूले सोझै यस कार्यालयमा र विभिन्न क्षेत्रकाले आफूलाई पायक पर्ने क्षेत्रीय परीक्षा नियन्त्रण कार्यालयमा मिति २०७६ साल भदौ १७ गते देखि मिति २०७६ साल कातिक १ गतेसम्म नियमित शुल्कमा र दोब्बर दस्तुर साधारण म्याद सकिएको एक हप्ता भित्र २०७६ साल कार्तिक १३ गते सम्म परीक्षा आवेदन फारम भर्न सक्ने त्रिविले स्पष्ट पारेको छ ।

यस्तो छ त्रिभुवन विश्वविद्यालयको सूचना

 

Loading...