आयोगले निकाल्यो प्राथमिक तहको जाजरकोट जिल्लाको नतिजा

काठमाडौं । शिक्षक सेवा आयोगले खुलातर्फको प्राथमिक तहको अन्तिम नतिजा प्रकाशन गरेको छ । बुधवारदेखि अन्तिम चरणको नतिजा प्रकाशन गर्न सुरु गरेको आयोगले शुक्रबार जाजरकोट जिल्लाको नतिजा प्रकाशन गरेको हो ।

गतवर्षको असोज १३ मा भएको परीक्षाको गएको असार १० गतेदेखि २९ गतेसम्म नतिजा प्रकाशन गरेको थियो । आयोगले लिखित परीक्षा उत्तीर्णहरुलाई असार ३० गतेदेखि साउन १४ गतेसम्म अन्तर्वार्ता सञ्चालन गरेको थियो । साथै, छुटेकाहरुको साउन २५ गते अन्तर्वार्ता लिइएको थियो ।

९ हजार ९ सय ९६ पदमा भएको विज्ञापनमा १४ हजार १ सयबढीले लिखित परीक्षा उत्तीर्ण गरेका थिए ।

हेर्नुहोस् जाजरकोट जिल्लाको नतिजा

Loading...