अब सिटी एक्सप्रेसको सेवा ८० भन्दा बढी बैंक तथा वित्तीय संस्थाहरुबाट

काठमाडौं । सिटी एक्सप्रेस मनी ट्रान्सफर र नेपाल क्लियरिङ्ग हाउसबीच अन्तर र्बैक भुक्तानी प्रणाली सेवा सुरु भएको छ ।

भुक्तानी प्रणाली सेवा नेपाल क्लियरिङ्ग हाउसको कनेक्ट आईपिएस मार्फत ८० भन्दा बढी बैंक तथा वित्तीय संस्थाहरुबाट सिटी एक्सप्रेसको सेवा सुरु हुनेछ । उक्त सेवा अन्तर्गत अब सिटी एक्सप्रेस मनी ट्रान्सफरबाट रेमिटान्स कारोबारहरु Connect IPS e-Payment मार्फत real-time र NCHL-IPS मा तोकिएको सीमामा उक्त कारोबारहरु भुक्तानी गर्न सकिने भएको हो ।

सिटी एक्सप्रेसले अब आफ्ना ग्राहकहरुलाई बैंक भुक्तानी कार्यहरु धेरै सहज र सरल हुने बताएको छ । सम्झौतापत्रमा नेपाल क्लियरिङ्ग हाउसका तर्पmबाट प्रमुख कार्यकारी अधिकृत श्री नीलेशमान सिंह प्रधान र सिटि एक्सप्रेस मनी ट्रान्सफरका तर्फबाट प्रबन्ध निर्देशक चन्द्र टण्डनले हस्ताक्षर गरेका छन् ।

सिटी एक्सप्रेसले नेपाल र नेपालबाहिर पनि रेमिटान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउँदै आएको छ । १३ वर्षदेखि विश्वभरि आफ्नो रेमिट एजेन्टहरुबाट सेवा दिँदै आएको छ । सिटी एक्सप्रेसले विश्वभरि सात हजारभन्दा बढी एजेन्टहरु रहेको र तिनीहरुमार्फत भुक्तानी प्रदान गर्दै आइरहेको जनाएको छ ।

Loading...