विप्लवले गरे माल्कोटमा धनरुप स्मृति सभा हलको उद्घाटन

कालिकोट, २१ भदौ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले शहिद धनरुप बटालाको सम्झनामा ‘सहिद स्मृति सभा हल’को उद्घाटन गरेका छन् ।

कालिकोटको माल्कोटमा निर्माण गरिने उक्त स्मृति हल पार्टीको लगानीमा बन्ने र स्थानीयले सामुहिक रुपमा प्रयोग गर्न सक्ने विप्लले सो क्रममा बताए ।

दोस्रो चरणको स्थानीय तहको निर्वाचनको क्रममा प्रहरीसँगको गोली हाली मृत्यु भएका बटालालाई नेकपाले सहिद घोषणा गर्दै उनकै सम्झनामा स्मृति हल निर्माण गर्न लागेको हो ।

पार्टीले सेरापाटामा आयोजना गरेको जनसभलाई सम्बोधन गर्न माल्कोट पुगेका विप्लवले उद्घाटन गरेको हलको क्षमता १ हजार जना अट्ने हुने नेकपा कालिकोटले जनाएको छ ।

Loading...