काठमाडौंमा कर्णाली बृहत् सांस्कृतिक उत्सव

काठमाडौँ, २१ भदौ । कर्णालीको मौलिक संस्कृति प्रवद्र्धन गर्ने उद्देश्यले आज भृकुटीमण्डपमा कर्णाली बृहत् सांस्कृतिक उत्सवको आयोजना गरियो ।

कर्णाली समाज र सांस्कृतिक संस्थानद्वारा संयुक्तरुपमा आयोजित उत्सवमा कर्णाली क्षेत्रको परम्परागत संस्कृति झल्कने नृत्य, झाँकी तथा गीत संगीत प्रस्तुत गरिएको थियो ।

उत्सवका क्रममा ‘हुड्के’, ‘दमा’ नाच, देउडा खेल, ‘ठाडी’ भाका तथा कर्णालीको भोट क्षेत्रको प्रख्यात ‘स्याप्रु नाच’ प्रस्तुत गरिएको थियो । कर्णाली अञ्चलका डोल्पा, हुम्ला, जुम्ला, मुगु र कालीकोटको सांस्कृतिक पहिचान झल्कने प्रस्तुतिले उपस्थित सर्वसाधारणमा रौनक छाएको थियो ।

सो अवसरमा ऊजामन्त्री महेन्द्रबहादुर शाहीले देशलाई समृद्ध बनाउन संस्कृति र प्राकृतिक स्रोतको धनी कर्णालीको विकास अपरिहार्य भएको बताए ।

उनले विदेश पलायन नभई स्देशमै स्वरोजगारका लागि उत्पादनशील क्षेत्रमा क्रियाशील हुन युवा शक्तिलाई आग्रह गरे ।

संस्कृतिविद् सत्यमोहन जोशीले कर्णालीको संस्कृतिबारे आफूले अध्ययन गरेको हुनाले पनि विशेष चासो रहेको भन्दै त्यहाँको संस्कृति संरक्षण र प्रवद्र्धनमा सबैको ध्यान जानुपर्ने खाँचो औँल्याए ।

कर्णालीको मौलिक संस्कृति संरक्षण तथा पर्यटन प्रवद्र्धनार्थ उत्सव आयोजना गरिएको कर्णाली समाजका उपाध्यक्ष उपेन्द्रजंग शाहीले बताए ।

उनले कर्णालीको संस्कृतिबारे कर्णालीसहित अन्य क्षेत्रका नागरिकलाई पहिचान गरी कर्णाली भौगोलिकरुपमा विकट भए पनि कला, संस्कृति र प्राकृतिक स्रोत साधनमा धनी छ भन्ने उदाहरण प्रस्तुत गर्न राजधानीमा उत्सव गरिएको उल्लेख गरे ।

‘नजर फेरौँ र कर्णाली हेरौँ’ भन्ने मूल नाराका साथ आयोजित उत्सवसमा राजधानीमा कर्मथलो बनाएका कर्णालीवासी तथा अन्य क्षेत्रका सर्वसाधरणको उल्लेख्य सहभागिता थियो ।

यसअघि कर्णालीको विविध संस्कृति झल्कने झाँकी र बाजागाजासहितको ¥याली भृकुटीमण्डपबाट शुरु भई सहिदगेट, शान्ति बाटिका हँुदै कार्यक्रम स्थलमा आएर समापन भएको थियो ।

Loading...