सहिदको सुचीमा मन्त्रीको तस्विर !

भक्तपुर । बिद्यालयको प्राथमिक तहमा पढाइ हुने एक पाठ्यपुस्तकमा गम्भीर त्रुटी देखिएको छ । कक्षा ३ मा पढाईने सामान्य ज्ञानको पाठ्यपुस्तकमा गम्भीर त्रुटी देखिएको हो ।

 

विद्यार्थी प्रकाशन प्रालि प्रकाशक तथा वितरक रहेको कक्षा ३ को ‘मास्टरमाईन्ड जनरल नलेज एन्ड आईक्यु टेस्ट’ नामक सामान्य ज्ञानको कितावमा शहिदको सुचीमा बर्तमान न्याय, कानुन् तथा संसदीय मामिलामन्त्री यज्ञबहादुर थापाको तस्विर राखिएको छ ।

 

शहिदको सुचीमा क्याप्टेन यज्ञबहादुर थापाको तस्विर हुनुपर्नेमा बर्तमान न्याय, कानुन् तथा संसदीय मामिलामन्त्री यज्ञबहादुर थापाको तस्विर राखिएको हो । पुस्तकको पृष्ठ ११ मा मन्त्री थापाको नाम र तस्विर राखिएको छ ।

Loading...