‘गुञ्जन’ बनेकी सारालाई प्रितमराजको साथ

काठमाडौ, १३ भदौ । बिगत दुई दशकदेखि द्वन्द्व निर्देशकका रुपमा सक्रिय अष्ट महर्जनले निर्देशकका रुपमा डेब्यु गरेका छन् । उनको डेब्यु फिल्म ‘गुञ्जन’ को मंगलबारदेखि पोखराका बिभिन्न स्थानमा सुटिङ भइरहेको छ ।

प्रेमकथामा आधारित यही फिल्मबाट नवयुवा प्रितमराज सेन्चुरीले पनि हिरोका रुपमा डेब्यु गरेका छन् । फिल्ममा प्रितमराजको जोडीका रुपमा अभिनेत्री सारा श्रीपाली छन् । बिन्दवासिनी मन्दिरमा शुभ मुहुर्त गरी सुटिङ सुरु गरिएको फिल्ममा प्रितमराज र साराका साथमा सरोज खनाल, हिउँवाला गौतम, कविर खड्का, रोहन शाही, निरुता स्याङताङ, कन्चन चालिसे, सुस्मिता बराल, अमोद, आइपी आचार्य, अमेश न्यौपानेलगायतका कलाकार छन् ।

हिराकृष्ण शाहीको प्रस्तुति र सुनीता शाही निर्माता रहेको फिल्मको छायाँकार राजेश श्रेष्ठ छन् । एएच इन्टरटेन्मेन्टको ब्यानरमा बन्न लागेको फिल्मको स्क्रिप्ट महेश दवाडीले लेखेका हुन् । अर्जुन पोखरेल र कल्याण सिंहको संगीत रहेको फिल्मका गीतको कोरियोग्राफी कविराज गहतराजले गर्ने भएका छन् ।

फिल्मको झण्डै ९० प्रतिशत छायाङ्कन पोखरामा गरिने र बाँकी सुटिङ काठमाडौमा गरिने निर्देशक अष्टले जानकारी दिएका छन् । हाल तीब्रताका साथ सुटिङ भइरहेको ‘गुञ्जन’ फागुन तेश्रो साता प्रदर्शन गर्ने योजना निर्माण पक्षको छ ।

Loading...