सटर फोडेर भारत फरार रहेका लुटेरा सार्वजनिक

———————————-
बिराटनगर प्रहरीले एक डाका समुहलाई पक्राउ गरी सार्वजनिक गरेको छ । महानगरको विभिन्न स्थानमा बिस लाख नब्बे हजार भन्दा बढी डाँका गर्ने उक्त समुहलाई विहीवार सार्वजनिक गरिएको हो ।

४ जना नेपाली र ३ जना भारतीय गरी ७ जनाको समुहमा रहेका उक्त समुहले विभन्न समयमा सटर फुटाइ नगद लिएर फरार हुँदै आएका थिए । हिजो बुधवार अन्दाजी ३ बजेको समयमा पथरी शनिश्चरे- १ स्थित ईप्रका पथरीबाट खटिएको प्रहरी अधिकृत सहितको टोलिले उनीहरुलाई पक्राउ गरिएको हो ।

उनीहरुले प्रयोग गर्ने स्करपियो गाडी र घटनाको अवस्थामा प्रयोग गरीएका विभिन्न चिजबस्तुहरू सहित उनीहरुलाई नियन्त्रणमा लिई विहीवार पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरिएको हो ।

अभियुक्तहरुले लाखौंको चोरी डकैती गरेको भए पनि उनीहरुको साथबाट नेरु १२ हजार मात्र बरामद गरिएको छ । लुटेराका नाइके भारतका मोहम्मद कलाम फरार रहेका र बाँकी पैसा उनले नै राखेका हुनसक्ने मोरंग प्रहरी प्रमुख विश्व अधिकारीले बताए । अधिकारीले कलामको खोजी र घटनाको थप अनुसन्धान भैरहेको जानकारी गराए ।

Loading...