पत्रकार दीयालीको प्रेरक कदम : वृद्धाश्रममा छोराको ‘अन्नप्रासन’

सर्लाही । नेपाल पत्रकार महासंघ सर्लाहीका सदस्य तथा सर्लाहीबाट प्रकाशन हुदै आएको ‘निगरानी टुटे’ का कार्यकारी सम्पादक सोम दियालीको परिवार बुधबार बृद्ध आश्रममा पुगी त्यहाँ आश्रित जेष्ठ नागरीकलाई मिष्ठान भोजन गराएका छन् ।

दियाली दम्पतीले आफ्नो दोश्रो सन्तानको अन्नप्रासन कार्यक्रम गरी लालबन्दी-२ स्थित पदम भुवनेश्वरी नमूना वृद्धाश्रममा आश्रित ४६ जनालाई मिष्ठान भोजन गराएका हुन ।

नेपाल पत्रकार महासंघका केन्द्रिय कोषाध्यक्ष राजेश मिश्रको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा आश्रमका संरक्षक वासुदेव शरण कोइरालाको हातबाट दियाली दम्पतीले छोराको अन्नप्रासन गराएका थिए । समाजसेवी कोइराला २००७ सालका प्रजातन्त्रका सेनानी समेत हुन् । उनीपछि अन्य जेष्ठ नागरीक तथा उपस्थित अतिथि र आफन्तजन लगायतले खानेकुरा खुवाई आशिर्वाद दिएका थिए ।

धार्मिक परम्पराको जगेर्नासंगै र जेष्ठ नागरीकको सम्झना र सम्मानले नयाँ पुस्ता समाजप्रति जवाफदेयी देखिएको भन्दै दीयाली दम्पतिको उनले प्रशंशा पनि गरे । नेपाल पत्रकार महासंघका केन्द्रिय कोषाध्यक्ष राजेश मिश्र, जिल्ला अध्यक्ष बिश्वनाथ ठाकुर लगायतले दियाली दम्पतिको यस कार्यबाट अरुले समेत प्रेरणा लिनुपर्नेमा जोड दिएका थिए ।

कार्यक्रममा लालबन्दी नगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष तथा रेडियो ढुकढुकीका अध्यक्ष उज्वल कार्की, कार्यकारी निर्देशक अभिषेक नगरकोटी, जिल्लामा क्रियाशिल पत्रकार लगायतको उपाथिती रहेको आश्रमकी ब्यबस्थापक भवानी कोइरालाले बताइन ।

एक दशक भन्दा बढी समय देखि सर्लाहीमा रहेर विभिन्न संचारमाध्यमसंग आवद्ध क्रियाशील पत्रकार दियालीले आफ्नो जेठो छोराको अन्नप्रासन पनि यसैगरी गरेका थिए । दीयाली परिवारले आफूहरुको जन्मोत्सव लगायतका खुशीका क्षण बृद्धाश्रममै मनाउने गरिएको समेत जानकारी गराएको छ ।

Loading...