काठमाडौं आइपुगे रवि लामिछाने, विमानस्थलमा पञ्चेबाजसहित भव्य स्वागत

काठमाडौं । चितवन प्रहरीको न्यायिक हिरासतबाट मुक्त भएको तेस्रो दिन बुधबार सञ्चारकर्मी रवि लामिछाने काठमाडौं आइपुगेका छन् । चितवन जिल्ला अदालतको आदेशपछि सोमबार धरौटीमा रिहा भएका रवि लामिछाने बुधबार दिउँसो काठमाडौं आएका हुन् । उनलाई स्वागत गर्न सयौं मानिस विमानस्थल पुगेका थिए । विमानस्थलबाट बाहिरिँदा उनलाई समर्थकहरुले पञ्चेबाजासहित स्वागत गरेका थिए । रविको समर्थकमा नारासमेत लगाएका थिए ।

पत्रकार शालिकराम पुडासैनीको गएको साउन २० गते भएको रहस्यमय निधन सम्बन्धमा साउन ३० गते छानबिनका लागि भन्दै प्रहरीले रविसहित युवराज कँडेल र अस्मिता कार्कीलाई नियन्त्रणमा लिएर न्यायिक हिरासतमा राखेको थियो । सोमबार चितवन जिल्ला अदालतको आदेशपछि रविले ५ लाख रुपैयाँ र युवराजले ३ लाख रुपैयाँ धरौटी बुझाएर रिहा भएका हुन् भने अस्मिता भने साधारण तारेखमा रिहा भएकी छन् ।

उनलाई स्वागत गर्न सयौं मानिस विमानस्थल पुगेका थिए । पञ्चेवाजा समेत लिएर पुगेका समर्थकको भिड ब्यवस्थापन गर्न प्रहरीलाई हम्मे हम्मे परेको थियो । चितवनवाट काठमामाडौं आएका रवि विमानस्थलबाट बाहिरिँदा पञ्चेवाजा सहित पुगेका उनका स्वागत गरेका थिए । रविको समर्थकमा नारासमेत लगाएका थिए ।

पत्रकार शालिकराम पुडासैनीको गएको साउन २० गते भएको रहस्यमय निधन भएपछि रवि सहित तीन जनालाई प्रहरीले अनुसन्धानका लागि हिरासतमा राखेको थियो । साउन ३० गते छानबिनका लागि भन्दै प्रहरीले रविसहित युवराज कँडेल र अस्मिता कार्कीलाई नियन्त्रणमा लिएर न्यायिक हिरासतमा राखेको थियो । सोमबार चितवन जिल्ला अदालतको आदेशपछि रविले ५ लाख रुपैयाँ र युवराजले ३ लाख रुपैयाँ धरौटी बुझाएर रिहा भएका हुन् भने अस्मिता भने साधारण तारेखमा रिहा भएकी छन् ।

विमानस्थलमा उत्रिए पछि आफ्ना समर्थकलाई संक्षिप्त प्रतिकृया दिँदै लामिछानेले हिरासतको जीवनले आफुले राम्रो पाठ सिकाएको बताए । उनले मरिसकेको मानिसलाई प्रयोग गरेर आफु विरुद्ध षडयन्त्र भएको भन्दै यति सम्म हुन्छहोला भन्ने आफुले नसोचेको बताए ।

विमानस्थलमा पुगेका सञ्चाकर्मीहरुले शालिकराम पुडाशैनीको परिवारका सदस्यका बारेमा तपाईको के धारणा छ भनेर सोधेको प्रश्नमा उनले पुडाशैनीको परिवार प्रति समवेदना ब्यक्त गरे । उनले भने, उहाँहरुको परिवारमा भएको क्षति प्रति समवेदना प्रकट गर्न चाहन्छु । परिवारमा जुन बिपत्ती आएको छ त्यसमा हामी पनि दुखी छौं । मैले यस अघि पनि भनेको थिए । अहिले पनि त्यही भन्न चाहन्छु ।

उनले आफ्नो समर्थनमा प्रदर्शन गरेका समर्थकहरुको मायाले थप जिम्मेवार बनाएको बताए । उनले विशेष तयारी गरिरहेको बताए । उनले हिरासतको वसाईमा थप उर्जा मिलेको बताएका छन् । उनले समाचारमा आएका हेडलाइनलाई पनि प्रतिकृया दिएका छन् । उनले राजनीतिमा लाग्ने आफ्नो तत्काल कुनै योजना नभएको बताएका छन् । तर पनि भोलीको बारेमा अहिले केही भन्न नसकिने बताए ।

हेर्नुहोस भिडियो यसरी स्वागत भयो काठमाडौं विमानस्थलमा

Loading...