अरु आउदा होटलमै जाने प्रचण्ड र माधव नेपालले जयशंकरसँग किन प्रोटोकलको कुरा उठाए ?

काठमाडौं, ५ भदाै । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधवकुमार नेपालले भारितय विदेशमन्त्री एस जयशंकरसँगको भेट अस्वीकार गरेका छन् । पुर्वप्रधानमन्त्री समेत रहेका प्रचण्ड र नेपाल दुवैले जंयशंकर वसेको होटलमै भेट्न जाँदा कूटनीतिक मर्यादा विपरित हुने भन्दै भेट्न अस्वीकार गरेका हुन् ।

भारतीय दुतावासले प्रचण्डलाई बिहान ८ वजे र नेपाललाई उनीपछि भेटमा बोलाएको भएपनि दुवै नेताले भेट अस्वीकार गरेका हुन् । नेपालको दुई दिने भ्रमणका क्रममा बुधबार नेपाल आएका भारतीय विदेशमन्त्री जयशंकर बत्तिसपुतलीस्थित होटल द्वारिकाजमा बसेका छन्। पुर्वप्रधानमन्त्री समेत भएको कारण अर्को देशको विदेशमन्त्रीलाई भेट्न जानु कूटनीतिक मर्यादाविपरीत हुने भन्दै दुवै नेताले भेट अस्विकार गरेको उनि निकट स्रोतको दाबी छ । तर, भारतीय दूतावासले भने यो वारेमा कुनै टिप्पणी गरेको छैन् ।

नेकपाका अध्यक्ष प्रचण्ड र नेपालले अस्विकार गरेपनि पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर देउवा र डाक्टर बाबुराम भट्टराई भने भारतीय विदेशमन्त्रीलाई भेट्न उनी बसेको द्वारिकाज होटेलमै पुगेका थिए । जयशंकरलाई भेट्न उपप्रधानमन्त्री उपेन्द्र यादव समेत होटल द्धारिकाज पुगेका थिए । २०७२ सालमा भारतका तत्कालीन प्रधानमन्त्री नरेन्द्र मोदीको सरकारले नेपाललाई नाकाबन्दी लगाउंदा उनि भारतको विदेशसचिव थिए । जयशंकरले विदेशसचिव हुँदा संविधान जारी नगर्न समेत दबाव दिएका थिए । प्रचण्ड र माधव नेपाल यसअघि यही तहका नेताहरु अाउँदा भने हाेटेलमै पुग्ने गरेका उदाहरण छन । 

नेपाल भारत संयुक्त आयोगको बैठकमा सहभागी हुन बुधबार नेपाल आएका जयशंकर नेपाल आउनेवित्तिै प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेका थिए । उनले बुधबार दिउँसो सामूहिक रूपमा र एक्लै प्रधानमन्त्रीसँग करिब २ घण्टा भेटघाट गरेका थिए । उनले बिहीबार बिहान राष्ट्रपति विद्यादेवी भण्डारी समेत भेटवार्ता गरेका हुन् ।

Loading...