पूर्व मुख्यमन्त्रीको अन्तिम आर्यघाटमा दिन लागिएको सलामीमा एउटै बन्दुक नपड्किएपछि (भिडिओ सहित)

काठमाडौँ । भारतको बिहार राज्यमा तीनपटक मुख्यमन्त्री बनिसकेका डा. जगन्नाथ मिश्राको निधन यसै महिनाको १९ तारिखमा भयो। ८२ वर्षको उमेरमा उनको निधन भएको हो।

बुधबार उनको अन्तिम संस्कार गरिएको थियो। राजकीय सम्मानको साथमा उनको अन्त्यष्टी गरिएको थियो। सो क्रममा मिश्राको अन्त्यष्टीका लागि २१ बन्दुकले सलामी दिने तालिका थियो। तर जब सलामी दिने समय आयो। त्यस समयमा बिहार प्रहरीका २१ वटा बन्दुकमध्ये कुनै पनि बन्दुक पड्किएन।

उक्त कार्यक्रममा बिहारका वर्तमान मुख्यमन्त्री नीतीश कुमार समेत रहेका थिए । मुख्यमन्त्रीकै सामुन्ने प्रहरीका के पनि बन्दुक नपड्किएपछि उक्त जिल्लाका प्रहरी उपरीक्षकले त्यसबारे सफाई दिएका छन् ।

हेर्नुहाेस भिडियाे

Loading...