अन्धोपन न्यूनीकरणमा विराटनगर आँखा अस्पतालको महत्वपूर्ण भूमिका

विराटनगर, ५ भदौ । अन्धोपन न्यूनीकरणमा विराटनगर आँखा अस्पतालको सेवा उल्लेखनीय भएको सरोकारवालाहरूले बताएका छन् । सामाजिक विकास मन्त्रालय, नेपाल नेत्रज्योति सङ्घ पूर्वाञ्चल क्षेत्रीय उपचार केन्द्र र विराटनगर आँखा अस्पतालद्वारा संयुक्त रुपमा आज यहाँ आयोजित ‘आँखा, कान तथा पुनस्र्थापना ः वर्तमान स्थिति र भविष्यका रणनीति’ सम्बन्धी एकदिने गोष्ठी शुभारम्भका सो कुरा बताइएको हो ।

प्रदेश नं १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले गुणस्तरीय सेवाकै कारण छिमेकी तीन राष्ट्रका जनता पनि यहाँ उपचार गर्न आएका र अस्पतालले पु¥याएको योगदानको प्रशंसा गर्दै ग्रामीण तथा पहाडीका क्षेत्रका जनताका लागि पनि सेवा विस्तर गर्नुपर्नेमा जोड दिए ।

सङ्घका महासचिव श्यामकुमार पोखरेल, मन्त्रालयका सचिव हरिप्रसाद दाहाल, लहानस्थित सगरमाथा आँखा अस्पतालका अध्यक्ष रवीन्द्रलाल चौधरी, सदस्य पद्मनारायण चौधरी र अस्पतालका प्रा डा सञ्जयकुमार सिंहले उक्त अस्पतालको योगदानका विविध विषयमा चर्चा गरेका थिए ।

उक्त गोष्ठीमा प्रदेशका स्थानीय निकायका प्रमख, उपप्रमुख, अस्पतालका चिकित्सकहरु, नेत्रज्योति सङ्घका पदाधिकारीहरुको सहभागिता थियो ।उक्त अस्पतालमा नेपालका ७६ जिल्ला बिरामी उपचारका लागि आउने गरेका बताइएको थियो ।

Loading...