क्रिकेट छाडेर जम्मु कास्मिर गस्ती गर्न किन पुगे धोनी !

एजेन्सी । सधैँ क्रिकेट मैदानमा ब्याट घुमाएका देखिने भारतीय क्रिकेट टिमका पूर्व कप्तान महेन्द्र सिंह धोनी केही दिन जम्मु कास्मिरमा राइफल भिरेर गस्ती गरिरहेका भेटिए ।

धोनीले १०६ प्रादेशिक बटालियनमा रहेर ३१ जुलाईदेखि १५ अगस्टसम्म सेनाको रूपमा काम गरेका थिए । प्रादेशिक सेनाको प्यारासुट रेजिमेन्टका मानार्थ लेफ्टिनेट कर्णेल धोनीले सेनाको पोसाकमा गस्ती गरेका थिए ।

यो युनिट कास्मिरको भिक्टर फोर्सको हिस्सा हो । जहाँ रहदा धोनीले गस्ती, गार्ड र पोस्टको ड्युटी गरेका थिए । ३८ वर्षीय धोनी सन् २०११ मा प्रादेशिक सेनाको मानार्थ लेफ्टिनेट कर्णेल बनेका थिए ।

क्रिकेट विश्वकपबाट फर्किएपछि धोनीले प्यारासुट रेजिमेन्टमा दुई महिना बिताउने चाहना राखेका थिए । जुन चाहनालाई भारतीय सेनाका जनरल बिपिन रावतले अनुमति दिएका थिए ।

त्यसअघि उनले सेनामा समय बिताउने भारतीय क्रिकेट टिमका चयन समितिलाई बताएका थिए। टेस्टबाट संन्यास लिइसकेका धोनीले एकदिवसीय र टी–२० खेलबाट तत्काल सन्यास नलिने पनि बताएका थिए ।

जम्मु कास्मिरमा उपत्यकामा १५ दिन गस्ती गरेर उनी फर्किएका छन् । धोनी कास्मिरबाट दिल्ली फर्किएको भारतीय न्युज च्यानलहरुले जनाएका छन् । उनले गत अगस्ट १५ मा आफ्नो ड्यूटी पूरा गरेका थिए ।

धोनी वेस्ट इण्डिज जाने टिममा नभएपछि भारतीय क्रिकेट बोर्डले रिशव पन्तलाई विकेटकिपरको भूमिका दिएको थियो ।

Loading...