प्रचण्ड बल्ल बने पावरफुल अध्यक्ष

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बनेको करिब १८ महिनापछि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको एकल अध्यक्षतामा सचिवालय बैठक बस्ने बाटो खुलेको छ ।

बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपा सचिवालय बैठकले प्रचण्डलाई उक्त भूमीका दिइएको हो ।

यस अघि प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीको अनुपस्थितिमा प्रचण्डले पार्टी बैठक चलाउन सक्ने भूमीका पाएका थिएनन ।

प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी शर्मा विहीवार नै स्वास्थ्य उपचारको सिलसिलामा सिंगापुर जाने भएपछि एकताको बाँकी काम पूरा गर्न भन्दै सचिवालय बैठकले अध्यक्ष रचंद एक्लैले पनि पार्टी बैठक संचालन गर्नसक्ने निर्णय गरेपछि पार्टी अध्यक्ष भएको १८ महिनापछि प्रचण्डले पार्टी बैठक सञ्चालन गर्न पाउने भएका हुन् ।

प्रधानमन्त्री केपी शर्मा ओली सिंगापुरमा करिब १ साता रहने र यसबीचमा पार्टीले गर्नुपर्ने निर्णय प्रचण्डको नेतृत्वमा हुने पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले पुष्टि गरे ।

नेकपाले आफ्ना प्रवास कमिटी, छ महानगरपालिकाको अध्यक्ष र सचिव तथा बाँकी केन्द्रीय सदस्यहरूको कार्यविभाजन टुंगो लगाउन बाँकी छ । अब उक्त निर्णय अध्यक्ष प्रचण्डको नेतृत्वमा संचालन हुने बैठकले टुंगो लगाउने बताइएको छ ।

Loading...